पूर्वमन्त्री दीपक खड्काको फाइल अख्तियारमा पठाइयो, थप अनुसन्धान अघि बढ्ने
काठमाडौं — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कासम्बन्धी अनुसन्धान फाइल प्रारम्भिक प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।
विभागले सोमबार खड्काविरुद्ध संकलित प्रमाणहरू अख्तियारलाई बुझाएको हो। खड्का हाल सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका छन्। उनलाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो।
यसअघि विभागले म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर, हाल प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित मूल कसुरको अनुसन्धान भइरहेको निकायमार्फत नै मुद्दा अघि बढाउनुपर्ने भएकाले फाइल अख्तियारमा पठाइएको बताइएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ टंगालस्थित अख्तियारको कार्यालय पुगेर प्रमुख आयुक्त प्रेम राईसँग भेट गरेका छन्। भेटमा खड्काको अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको एक उच्च अधिकृतले जानकारी दिएका छन्।
विभा...















