बागमती

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम, सुरक्षा
धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको बहुमूल्य धातु, गरगहना तथा नगदसहित दुई करोडभन्दा बढी मूल्य बराबरका सामान नेपाल प्रहरीले बरामद गरेको छ । तीन महिनाअघि फागुन १३ गते भारतको दिल्लीस्थित राजेन्द्रनगर निवासी संजयकुमार माखीजाको घरबाट करोडौं मूल्यका धनसम्पत्ति चोरी भएपछि आरोपीहरू फरार रहेका थिए । घटनामा संलग्न बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको समूह नेपालतर्फ भागेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीमा उजुरी दिएपछि विभिन्न जिल्लासँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरे...
प्रधानमन्त्री बालेन शाहले चाँडै सबै प्रश्नको जवाफ दिनुहुन्छ : Rabi Lamichhane

प्रधानमन्त्री बालेन शाहले चाँडै सबै प्रश्नको जवाफ दिनुहुन्छ : Rabi Lamichhane

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
Rabi Lamichhane ले प्रधानमन्त्री Balen Shah ले चाँडै सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उठिरहेका सबै प्रश्नको स्पष्ट जवाफ दिने बताएका छन् । उनले प्रधानमन्त्रीले छिट्टै खुला रूपमा बोल्दै आम नागरिक, प्रतिपक्ष तथा सत्ता पक्ष सबैलाई सन्तुष्ट हुने गरी आफ्नो धारणा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । लामिछानेले विरोध, असहमति र माग राख्नु लोकतान्त्रिक अभ्यासको स्वाभाविक हिस्सा भए पनि बन्द, घेराउ वा अवरोध सिर्जना गर्ने गतिविधि उपयुक्त नभएको उल्लेख गरे । उनका अनुसार संवाद, सहमति र स्पष्टतामार्फत विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।...
टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न

टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
टोखा बक्सिङ क्लब द्वारा आयोजित U-15 तथा U-17 स्तरको बक्सिङ प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्राविधिक समितिका अनुसार पहिलो दिन कुल १५ वटा बाउट सम्पन्न भएका छन् भने भोलि १४ वटा फाइनल खेल सञ्चालन हुने जानकारी दिइएको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बक्सिङ खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता टेक बहादुर थापाले गर्नुभएको थियो भने उद्घोषकको भूमिकामा विकास सिलवाल रहनुभएको थियो। कार्यक्रममा उपस्थिति को रुपमा वडा ८ को अध्यक्ष रमेश खत्री...
नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन सरकारको आग्रह

नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन सरकारको आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाबाट मात्रै सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण सम्पन्न गरेका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली सार्वजनिक गर्दै स्वीकृतिप्राप्त संस्थाबाट मात्रै परामर्श लिन अनुरोध गरेको हो । मन्त्रालयका सचिव चूडामणि पौडेलको जेठ ६ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा एक हजार ४५९ वटा संस्थाहरू समावेश छन् । उक्त सूची मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ । सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ अनुसार अनुमति नलिई सञ्चालन भएका तथा विद्यार्थीलाई झुट्टा आश्वासन र कागजात प्रयोग गरी आर्थिक ठगी गर्ने संस्थामाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । यसैक्रममा, जेठ १ गत...
आज पनि बस्दै एमाले सचिवालय बैठक, कार्यविभाजन प्रस्तावमा छलफल हुने

आज पनि बस्दै एमाले सचिवालय बैठक, कार्यविभाजन प्रस्तावमा छलफल हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। हिजो पाँच जना उपाध्यक्षहरूले पार्टीको वर्तमान अवस्था र समसामयिक विषयमा समीक्षात्मक धारणा राखेपछि बैठक स्थगित गरिएको थियो। एमाले अध्यक्ष K. P. Sharma Oli को भक्तपुरस्थित गुण्डु निवासमा आज बिहान ११ः३० बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था, आगामी निर्वाचनको तयारी तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ। पार्टीका उपमहासचिव Lekharaj Bhatta ले हिजोको बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन र निर्वाचन केन्द्रित विषयमा विस्तृत समीक्षा भएको जानकारी दिएका छन्। आजको बैठकमा १२ जना पदाधिकारीले आफ्नो धारणा राख्ने कार्यसूची रहेको बताइएको छ। त्यसपछि नेताहरूको कार्यविभाजन प्रस्तावमाथि पनि छलफल हुने एमाले स्रोतले जनाएको छ। बैठक अध्यक्ष ओलीको गुण्डुस्थित निवासमै बस्नेछ।...
सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ प्रणाली लागू हुँदै

सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ प्रणाली लागू हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छुट्ने लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सामान सुरक्षित राख्न ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यात्रुका झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो। यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सहमति भएको छ। सहमतिपत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरूको सामानमा विशेष ट्याग लगाइनेछ। यात्रुलाई दिइएको ट्याग नम्बर र बसमा राखिएको सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझ...
सार्वजनिक सवारीमा अब ‘लगेज ट्याग’ अनिवार्य

सार्वजनिक सवारीमा अब ‘लगेज ट्याग’ अनिवार्य

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको सामान हराउने, चोरी हुने तथा साटिने घटनालाई नियन्त्रण गर्न अब ‘लगेज ट्याग’ प्रणाली अनिवार्य रूपमा लागू गरिने भएको छ । यस सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार अब सार्वजनिक सवारी साधनमा यात्रुको ब्याग वा लगेज राख्दा दुई प्रति ट्याग उपलब्ध गराइनेछ । एउटा ट्याग सामानमा टाँसिनेछ भने अर्को यात्रुलाई सुरक्षित राख्न दिइनेछ । गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानमा रहेको ट्याग मिलाएर मात्र लगेज फिर्ता दिने व्यवस्था गरिनेछ । सार्वजनिक सवारीमा यात्रा गर्दा झिटीगुन्टा तथा लगेज हराउने, चोरी हुने वा साटिने गुनासो बढ्दै गएपछि यात्रुको सामान सुरक्षित बनाउन र सेवा थप विश्वसनीय बनाउन यो प्रणाली लागू गर्न लागिएको जनाइएको...
कालीगण्डकी करिडोरको कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द

कालीगण्डकी करिडोरको कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
    म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाको कोवाङ–जोमसोम खण्ड निर्माण अलपत्र पारेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजारसम्म फैलिएको १७ किलोमिटर सडक नौ वर्षसम्म पनि सम्पन्न नभएपछि बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जनाएको हो । योजना प्रमुख तेजस्वी शर्माका अनुसार दुई वर्षभित्र सक्नुपर्ने काम सात पटकसम्म म्याद थप्दा पनि पूरा नभएपछि पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपाने निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको हो । “सातौँ पटक थपिएको म्याद २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर म्याद सकिएको २०० दिन बितिसक्दा पनि कम्पनीले जिम...
मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
मुख्यमन्त्री कृष्णप्रसाद यादव ले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेकै बेला बिहीबार राति एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीका रूपमा सरकारमा समावेश गरिएको हो। विश्वासको मत लिन केही घण्टा बाँकी रहँदा एमाले सरकारमा प्रवेश गर्नुले मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउने संकेत गरेको छ। एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव का अनुसार पार्टीबाट थप तीन जना मन्त्री पनि सरकारमा सहभागी हुनेछन्। उनले मोहम्मद समिरले आजै शपथ लिने र अन्य मन्त्रीहरूको शपथ साँझसम्म गराउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एमालेले सरकारमा चार मन्त्रालय पाउने सहमति भएको छ। केन्द्रमा बनेको नयाँ राजनीतिक गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। यसैबीच, उनले जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने दाबी गरेका छन्। तर, जसपा नेपालको संसदीय दलले भने मुख्यमन्त्...
धापवासी क्षेत्रमा अतिक्रमित घरटहरा हटाइयो

धापवासी क्षेत्रमा अतिक्रमित घरटहरा हटाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– टोखा नगरपालिका–७ अन्तर्गत धापवासी–ग्रीनल्याण्ड आसपास क्षेत्रमा बनाइएका अतिक्रमित घर–टहरा हटाइएको छ । नगरपालिकाले पूर्वसूचना अटेर गर्ने संरचनामाथि डोजर चलाएर हटाउने अभियान सुरु गरेको हो । नगरपालिकाले यसअघि १५ दिने सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध संरचना स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । तर अटेरी गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी घर–टहरा, कम्पाउन्ड तथा अस्थायी संरचना हटाएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि धापवासी क्षेत्रमा सडक छेउ र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको हो । उनले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त कदम चालिएको स्पष्ट पार्दै कानुनी व्यवस्था पालना गर्न र सार्वजनिक जग्गा अतिक्रमण नगर्न सबैलाई आग्रह गरेका छन् ।...