नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’
काठमाडौं । विश्व रनिङ समुदायको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ ।
विश्वभर आयोजना हुने म्याराथन प्रतियोगितामध्ये उत्कृष्ट सामाजिक प्रभाव पार्ने इभेन्टलाई प्रदान गरिने यो अवार्ड निकै सम्मानित मानिन्छ । अवार्ड आगामी जुन १८ देखि २० तारिखसम्म नर्वेको ट्रम्सोमा आयोजना हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिने जनाइएको छ ।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार एम्सकी उपाध्यक्ष तथा छनोट समिति संयोजक मार्था मोरालेसले पत्रमार्फत अवार्डबारे जानकारी दिँदै बधाई व्यक्त गरेकी हुन् । पत्रमा नेपालगन्ज म्याराथनले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव र दिगो विकासका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ ।
यसअघि यो अवार्ड इथोपिय...















