टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न
काठमाडौं । टोखा नगरपालिका वडा ८ को आयोजनामा सञ्चालन गरिएको ७ दिने निःशुल्क सेल्फ मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय महिलाहरू तथा युवतीहरूलाई सीपमूलक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम प्रमाण पत्र सहित वितरण गर्दै समापन गरिएको हो।
समापन समारोहमा वडा सदस्य अनुप राई ज्यु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा सदस्य मिठु नेपाली, वडा सचिव दिनेश सापकोटा, समाजसेवी बिदुर राना मगर लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा तालिममा सहभागी विभिन्न प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मका सेल्फ मेकअप सीपहरू व्यवहारिक रूपमा सिकाइएको थियो। यसले सहभागीहरूलाई व्यक्तिगत साजसज्जामा दक्ष बनाउनुका साथै भविष्यमा पेशागत रूपमा समेत अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
क...















