काठमाडौंको वायु प्रदूषण विश्वकै शीर्ष स्थानमा, स्वास्थ्य जोखिम उच्च
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर निरन्तर उच्च रहँदा बिहीबारदेखि अवस्था ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। वायु गुणस्तर मापन सूचकांक (एक्यूआई) शुक्रबार बिहान ९ बजे २३० पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार हाल काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ। यस सूचीमा भारतको नयाँ दिल्ली १८९ एक्यूआई सहित दोस्रो स्थानमा रहेको देखिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का मापदण्डअनुसार २०१ देखि ३०० एक्यूआईलाई ‘अति अस्वस्थकर’ मानिन्छ। काठमाडौंको हालको स्तर यही श्रेणीमा पर्छ, जसले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई मात्र नभई सबैलाई स्वास्थ्य जोखिममा पार्ने बताइएको छ।
मापदण्डअनुसार १०१ देखि १५० एक्यूआईसम्म बालबालिका र संवेदनशील समूहका लागि अस्वस...















