प्रदेश समाचार

काठमाडौंको वायु प्रदूषण विश्वकै शीर्ष स्थानमा, स्वास्थ्य जोखिम उच्च

काठमाडौंको वायु प्रदूषण विश्वकै शीर्ष स्थानमा, स्वास्थ्य जोखिम उच्च

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर निरन्तर उच्च रहँदा बिहीबारदेखि अवस्था ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। वायु गुणस्तर मापन सूचकांक (एक्यूआई) शुक्रबार बिहान ९ बजे २३० पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ। स्वीट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार हाल काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ। यस सूचीमा भारतको नयाँ दिल्ली १८९ एक्यूआई सहित दोस्रो स्थानमा रहेको देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का मापदण्डअनुसार २०१ देखि ३०० एक्यूआईलाई ‘अति अस्वस्थकर’ मानिन्छ। काठमाडौंको हालको स्तर यही श्रेणीमा पर्छ, जसले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई मात्र नभई सबैलाई स्वास्थ्य जोखिममा पार्ने बताइएको छ। मापदण्डअनुसार १०१ देखि १५० एक्यूआईसम्म बालबालिका र संवेदनशील समूहका लागि अस्वस...
कान्तिपुर मिडिया ग्रुपमा नेतृत्व संकट, प्रवन्ध निर्देशक सम्भव सिरोहियाले दिए राजीनामा

कान्तिपुर मिडिया ग्रुपमा नेतृत्व संकट, प्रवन्ध निर्देशक सम्भव सिरोहियाले दिए राजीनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौँ– कान्तिपुर मिडिया ग्रुप (केएमजी) भित्र पत्रकारिताको शैली र सम्पादकीय दिशालाई लिएर उत्पन्न आन्तरिक मतभेद चुलिँदै जाँदा प्रवन्ध निर्देशक सम्भव सिरोहियाले पदबाट राजीनामा दिएका छन्। सिरोहियाले बिहीबार दिएको राजीनामामा पछिल्लो समय संस्थाले अपनाएको रिपोर्टिङ शैलीप्रति असहमति जनाउँदै आफूले विश्वास नगरेको पत्रकारिताको अभ्याससँग जोडिएर नेतृत्वमा रहन नसक्ने स्पष्ट पारेका छन्। विशेषगरी गृहमन्त्री सुदन गुरुङसम्बन्धी समाचारको प्रस्तुति र सम्पादन शैलीप्रति उनले असन्तुष्टि व्यक्त गरेको उल्लेख छ। उनले केही समाचारहरूलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको दाबी गर्दै यसले संस्थाको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने जोखिम रहेको बताएका छन्। साथै, प्रमाणित नभएका विषयलाई प्राथमिकतामा राख्दा सरकारमाथि अनावश्यक दबाब सिर्जना हुन सक्ने उनको टिप्पणी छ। यता, कान्तिपुर पक्षले भने अनुसन्धानकारी निकायबाट प...
लाङटाङमा पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल रन’ प्रतियोगिता हुने

लाङटाङमा पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल रन’ प्रतियोगिता हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिएको हो । समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार लामो समयदेखि लाङटाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको संस्थाले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको हो । वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङटाङलाई अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूर...
युवा अभियन्ता भन्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग

युवा अभियन्ता भन्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं, १० वैशाख । आफूलाई ‘युवा अभियन्ता’ बताउने समूहद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। संघका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि बिना आधार आरोप लगाउँदै अपमानजनक व्यवहार गरिएको हो। प्रतिष्ठान परिसरमै खाजा खाइरहेका चिकित्सकमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्कीसमेत दिएको जनाइएको छ। उक्त घटनालाई भिडियो खिचेर युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अतिरञ्जित रूपमा प्रचार गरिएको संघको भनाइ छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रतिष्ठामा आँच पुर्‍याएको मात्र नभई समाजमा गलत सन्देश फैलाएको संघले जनाएको छ। ‘संवेदनशील स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिमाथि आधारहीन आरोप लगाउनु, सामाजिक सञ्जालमार्फत अपमानित गर्नु र ...
बागमतीमा नीति तथा योजना आयोग   खा रेजको सिफारिसहेटौँडा

बागमतीमा नीति तथा योजना आयोग खा रेजको सिफारिसहेटौँडा

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागमती प्रदेश नीति तथा योजना आयोगको प्रभावकारिता कमजोर देखिएको निष्कर्षसहित त्यसलाई खारेज गर्न सिफारिस गरिएको छ। प्रदेशको प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले आयोगले अपेक्षित परिणाम दिन नसकेको ठहर गर्दै यस्तो सुझाव दिएको हो। पूर्व सचिव विमल वाग्लेको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनमा आयोगको औचित्य पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार आयोगले रणनीतिक भूमिका निर्वाह गर्न नसकेको तथा यसको कार्यसम्पादनले प्रतिफल दिन नसकेको निष्कर्ष निकालिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा आयोगका लागि कुल बजेटको मात्र ०.०६ प्रतिशत (करिब ४ करोड ३८ लाख रुपैयाँ) विनियोजन गरिएको छ, जसले यसको प्राथमिकता र प्रभाव कमजोर रहेको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ। समितिका अनुसार आयोगले गर्ने धेरै काम मन्त्रालयहरूले नै गरिरहेका छन्। योजना छनोट, अनुगमन र कार्यान्वयनमा आयोगको भूमिका...
महाराजगञ्ज प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयमा नजाने

महाराजगञ्ज प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयमा नजाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने अघिल्लो निर्णय खारेज गर्दै सो जग्गा पूर्ववत रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको २०७५ भदौ २१ को निर्णयअनुसार उक्त जग्गा राष्ट्रपतिको कार्यालयमा सार्ने प्रक्रिया अघि बढाइएको थियो। तर, पछिल्लो मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउँदै जग्गा प्रहरी प्रशिक्षण प्रयोजनमै राख्ने निष्कर्ष निकालेको हो। यसैगरी, बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौता तथा अन्य कागजातलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त टोलीले ‘Integrated Water and Sewerage Manageme...
दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम
काठमाडौं — सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने रणनीति अघि सारिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार बहुआयामिक प्रसारणलाइन निर्माणमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारसँग जोड्ने तयारी भइरहेको छ। योजनाअनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोडिनेछ भने कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै उत्पादित विद्युत् दोदोधरामा संकलन गरिनेछ। साथै, पश्चिम सेती आयोजना र बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी थप प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ। श्रेष्ठका अनुसार दोदोधरालाई ऊर्जा केन्द्रका रूपमा विकास गर्दा त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग खुल्नेछ। यसले ने...
रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद : सर्वोच्चमा पूर्ण इजलास, आजै सुनुवाइ

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद : सर्वोच्चमा पूर्ण इजलास, आजै सुनुवाइ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधन गर्ने निर्णय विवादमा सर्वोच्च अदालत ले पूर्ण इजलास गठन गरेको छ। यस विषयमा आजै सुनुवाइ हुने तय गरिएको छ। न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलास गठन गरिएको हो। यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। महान्यायाधिवक्ता कार्यालय ले गत पुस ३० गते लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीको नेतृत्वमा भएको उक्त निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालयसहित विभिन्न सरकारी वकिल कार्यालय र प्रधा...
रातो पासपोर्टमा तत्काल कानुन नबदल्ने सहमति, प्रयोगमा कडाइ गरिने

रातो पासपोर्टमा तत्काल कानुन नबदल्ने सहमति, प्रयोगमा कडाइ गरिने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । कूटनीतिक राहदानी (रातो पासपोर्ट) सम्बन्धी विद्यमान कानुन तत्काल परिवर्तन नगर्ने तर त्यसको कडाइका साथ कार्यान्वयन गर्ने सहमति भएको छ। बुधबार Dhol Prasad Aryal (डीपी) अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा भएको सर्वदलीय छलफलले यस्तो निष्कर्ष निकालेको हो। छलफलमा सहभागी प्रमुख सचेतक, सचेतक तथा सांसदहरूले कूटनीतिक राहदानीको प्रयोगलाई मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए। सभामुख अर्यालले राहदानीसम्बन्धी निर्णय विद्यमान कानुनी सीमाभित्रै रहेर गर्नुपर्ने स्पष्ट पार्दै आवश्यक परेमा विज्ञ र सरोकारवालासँग परामर्श गरी भविष्यमा संशोधन गर्न सकिने धारणा राखे। सांसदहरूले विगतमा राहदानीको दुरुपयोग भएको स्वीकार गर्दै यसले देशको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको उल्लेख गरे। उनीहरूले दुरुपयोग रोक्न स्पष्ट मापदण्ड, जिम्मेवारी र निगरानी आवश्यक रहेको बताए। Kavindra ...
नेपाली औषधि उद्योगः अर्थतन्त्रको महत्वपूर्ण आधार र भविष्यका सम्भावना

नेपाली औषधि उद्योगः अर्थतन्त्रको महत्वपूर्ण आधार र भविष्यका सम्भावना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार, स्वस्थ्य
काठमाडौँ । नेपालमा औषधि उद्योगको विकास करिब चार दशकअघि सुरु भएको हो। यो क्षेत्रमा हालसम्म उल्लेखनीय प्रगति हुँदै आएको छ र यसले देशको स्वास्थ्य सेवा प्रणालीसँगै अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ। हाल नेपाली औषधि उद्योगले प्रत्यक्ष रूपमा १५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ। साथै, करिब ७० अर्ब रुपैयाँभन्दा बढी बैंकिङ ऋण परिचालन गरेर वित्तीय क्षेत्रलाई समेत सक्रिय बनाइरहेको छ। नेपालको औषधि बजार वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ। भ्याक्सिन र सर्जिकल सामग्री बाहेकको बजारमा नेपाली उद्योगहरूले करिब ५० प्रतिशत हिस्सा ओगटिरहेका छन्। उद्योगीहरूका अनुसार उचित नीति र सहकार्य भए यो हिस्सा अझै विस्तार गर्न सकिने सम्भावना छ। विशेषज्ञहरूका अनुसार ‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’ प्रणाली लागू भएमा धेरै आयातित औषधि स्वदेशमै उत्पादन गर्न सकिनेछ। यसले प्रविधि हस्तान्...