मानव गतिविधि र जलवायु परिवर्तनले वनस्पति क्षेत्र संकटमा : वनमन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका लागि गर्नुपर्ने बताएकी छन्। उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य रहेको उल्लेख गरिन्।
वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणमार्फत खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास सम्भव रहेको बताइन्।
उनले मानव गतिविधि, जलवायु परिवर्तन तथा असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको उल्लेख गर्दै समयमै संरक्षण र व्यवस्थापन नगरे भविष्य नै जोखिममा पर्न सक्ने चेतावनी दिइन्।
‘नेपाल जैविक विविधतामा धनी देश हो। विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले महत्वपूर्ण स्थानमा रहे पनि अझै कच्चापदार्थकै रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ,’ मन्त्री चौधरीले भनिन्।
उनले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय ...















