प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ।
खेलको २२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाएका थिए। तर, ६२औँ मिनेटमा एलेक्स विलियनले गोल गर्दै प्लानिङ ब्वाइजलाई १–१ को बराबरीमा पुर्याए।
यो नतिजासँगै एपिएफले ९ खेलबाट २१ अंक जोडेको छ। प्लानिङ ब्वाइज १९ अंकसहित दोस्रो स्थानमा रहेको छ। लिगमा एपिएफको लगातार दोस्रो तथा प्लानिङ ब्वाइजको लगातार तेस्रो बराबरी हो।
लिगमा अपराजित रहेका लालिगुराँस र मच्छिन्द्र एफसीको पनि समान १९ अंक नै रहेको छ। गोलअन्तरका आधारमा प्लानिङ ब्वाइज दोस्रो स्थानमा रहेको हो।
यसैबीच, अर्को खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ। फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले एक गोल गरे भने अर्को गोल आत्मघाती रह्यो। निर्धा...















