आजको विशेष

एम्बुलेन्समा गाँजा ओसारपसार, दुई जना पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसार, दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
विराटनगर । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्रबाट उक्त एम्बुलेन्ससहित दुई जनालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन्। एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ ओसारपसार गर्न खोजिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।...
शिवपुरी जंगलमा महिलाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

शिवपुरी जंगलमा महिलाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । ‘बजार जान्छु’ भन्दै घरबाट निस्किएकी तारकेश्वर–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी शिवपुरी जंगलमा मृत अवस्थामा फेला परेकी छन्। वैशाख ११ गते दिउँसो घरबाट हिँडेकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले वैशाख १२ गते नै खोजतलासका लागि प्रहरीमा उजुरी दिएको थियो। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव उत्खनन गरी फेला पारिएको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टोखा–२ का ३५ वर्षीय अनिल डङोललाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ। पक्राउ परेका डङोलमाथि कर्तव्य ज्यान मुद्दामा दुई दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।...
बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
काभ्रेपलाञ्चोक। बीपी राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गरेको छ। गत वर्षको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नतिको चरणमा रहेको उक्त सडकखण्डमा सामान्य वर्षात्कै समयमा पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको प्रशासनले जनाएको छ। विशेषगरी रोशी खोला मा आउने बाढीका कारण सवारीसाधन र यात्रु उच्च जोखिममा पर्ने अवस्था रहेको उल्लेख गरिएको छ। प्रशासनका अनुसार २०८३ वैशाख २२ गते रोशी गाउँपालिका–७ स्थित घुमाउने क्षेत्रमा आएको बेलबाढीका कारण सवारीसाधन फस्दा ८९ जनाको ज्यान जोखिममा परेको घटनाले जोखिम थप स्पष्ट बनाएको छ। साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निर्देशनलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरिएको ...
चौबीस घण्टामा २,२९३ चालक कारबाहीमा, २४ लाखभन्दा बढी राजस्व संकलन

चौबीस घण्टामा २,२९३ चालक कारबाहीमा, २४ लाखभन्दा बढी राजस्व संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २,२९३ सवारी चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। ट्राफिक प्रहरीका अनुसार आज बिहानसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३, राइड सेयरिङसम्बन्धी उल्लंघनमा १८४, रातोबत्ती उल्लंघन गर्ने १५७, तीव्र गतिमा सवारी चलाउने १२४, लेन मिच्ने २१९, फुटपाथ प्रयोग गर्ने १२३, हर्न निषेध उल्लंघन गर्ने ७३, एकतर्फी सवारी चलाउने १०५ तथा अन्य विभिन्न कसुरमा १,१९५ चालकलाई कारबाही गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त कारबाहीबाट २४ लाख २६ हजार १ रुपैयाँ राजस्व संकलन भएको छ। उनले ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रहसमेत गरेका छन्।...
घमाहा खोलाको पुल भासिँदा यातायात प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

घमाहा खोलाको पुल भासिँदा यातायात प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
रूपन्देहीको सैनामैना क्षेत्रमा पर्ने घमाहा खोलाको पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सवारी आवागमन प्रभावित भएको छ। मंगलबार दिउँसो निर्माणाधीन सडक खण्डमा रहेको उक्त पुल भासिएको पुष्टि प्रहरीले गरेको हो। सैनामैना नगरपालिका–५ स्थित पुलमा समस्या आएपछि इलाका प्रहरी कार्यालय बुटवलले सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पुल मर्मतमा कम्तीमा तीन दिनदेखि एक सातासम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। हाल वैकल्पिक मार्गका रूपमा सैनामैना–४ लुम्बिनी रोड हुँदै कुश्मा, बक्सडाँडा हुँदै कलौनी जोड्ने करिब ३ किलोमिटर लामो डाइभर्सन सञ्चालनमा ल्याइएको छ। बुटवल–गोरुसिंगे सडक विस्तार कार्य जारी रहेकाले यसअघि पनि सडकमा खाल्डाखुल्डी तथा अवरोधका कारण यात्रुहरूले सास्ती भोग्दै आएका थिए। पुल भासिएपछि समस्या अझ बढ्ने द...
झण्डै ४ हजारले घट्यो सुनको भाउ

झण्डै ४ हजारले घट्यो सुनको भाउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य झण्डै ३ हजार ८ सय रुपैयाँले घटेको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार रुपैयाँमा झरेको हो, जसको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघ ले दिएको छ। चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार ५ हजार ३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ, अर्थात् प्रतितोला १ सय ५० रुपैयाँले कमी आएको छ।...
रोशी खोलामा फसेका ८९ यात्रुको सकुशल उद्धार, लापरबाही गर्ने ५ चालक पक्राउ

रोशी खोलामा फसेका ८९ यात्रुको सकुशल उद्धार, लापरबाही गर्ने ५ चालक पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
अविरल वर्षापछि रोशी खोलामा पानीको सतह बढ्दा बीच धारमा फसेका सवारी साधनका ८९ यात्रुको सकुशल उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो। प्रहरीका अनुसार सोमबार साँझ पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका पाँच वटा ईभी हाईस खोलामा फसेका थिए। बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बाग्मती प्रदेश ०१–००६ ख ७५९६ र बाग्मती प्रदेश ०८–००१ ख ००७७ नम्बरका ती सवारी साधनहरू बाढीका कारण बीच धारमै अड्किएका थिए। रोप रेस्क्यु सम्भव नभएपछि र्‍याफ्ट प्रयोग गरी ‘रिभर क्रसिङ’ विधिबाट ६ बालबालिकासहित ३५ महिला र ४८ पुरुषलाई मध्यरातमा सुरक्षित उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्। सवारी साधन भने घटनास्थलमै रहेका छन्। यसै क्रममा जोखिम हुँदाहुँदै लापरबाहीपूर्वक सवारी चलाएका पाँचै सवारीका चालकलाई प्रहरीले न...
सीमामा कडाइपछि रुपन्देहीका उद्योग–व्यवसाय चलायमान

सीमामा कडाइपछि रुपन्देहीका उद्योग–व्यवसाय चलायमान

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेसँगै रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू पुनः चलायमान हुन थालेका छन्। घरायसी प्रयोजनको नाममा भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू भएपछि सुनौली नाका आसपासका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन्। यसअघि सामान्य किनमेलका लागि पनि भारतीय बजारतर्फ जाने प्रवृत्तिका कारण नेपाली बजार सुनसान हुनुका साथै राजस्वमा समेत गिरावट आएको थियो। हाल पारिबाट ल्याइने सामानमा भन्सार लाग्न थालेपछि ती वस्तु महँगा पर्न गएका छन्, जसका कारण उपभोक्ताहरू स्वदेशी बजारतर्फ आकर्षित हुन थालेका छन्। यसले स्थानीय व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ। उद्योगी–व्यवसायीहरूले यस कदमलाई तस्करी नियन्त्रणतर्फ प्रभावकारी ...
पूर्वतिर सर्दै वर्षा प्रणाली: देशभर हुरीबतास र भारी वर्षाको सम्भावना

पूर्वतिर सर्दै वर्षा प्रणाली: देशभर हुरीबतास र भारी वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, फोटो फिचर, बागमती, विचार, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञानसम्बन्धी निकायले हाल सक्रिय वर्षा प्रणाली पूर्वतिर सर्दै गएको जनाउँदै देशका विभिन्न भागमा हुरीबताससहित वर्षा भइरहेको जनाएको छ। यसको प्रभाव काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश क्षेत्रमा देखिन थालेको छ। मौसमविद्का अनुसार कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले हुरीबतास, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। पश्चिमी भू–भागबाट सुरु भएको प्रणाली क्रमशः पूर्वतिर सर्दै बागमती र मधेश प्रदेशसम्म फैलिएको हो। हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा दुई घण्टासम्म यसको प्रभाव रहने अनुमान गरिएको छ। आज विशेषगरी केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ भने साँझपछि वर्षाको तीव्रता केही कम हुने बताइएको छ। यद्यपि, आगामी केही दिनसम्म देशभर मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ। हाल नेपालको मौसममा ...
१६ वर्षदेखि तलब नपाएका भृकुटी कागज कारखानाका श्रमिक, ४० करोड भुक्तानीको माग

१६ वर्षदेखि तलब नपाएका भृकुटी कागज कारखानाका श्रमिक, ४० करोड भुक्तानीको माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैंडाकोटस्थित भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकले १६ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। सोमबार सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै १६ वर्षदेखिको बाँकी तलब तत्काल भुक्तानी गर्न माग गरेको हो। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा श्रमिकहरूको करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको उल्लेख गर्दै सो रकम शीघ्र उपलब्ध गराउन आग्रह गरिएको छ। त्यस्तै, गैँडाकोट नगरपालिका क्षेत्रमा रहेको करिब ६० बिघा जग्गालाई उचित व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्न स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न पनि माग गरिएको छ। ज्ञापनपत्रमा निजी क्षेत्र (गोल्छा समूह)लाई हस्तान्तरण गरिएको उक्त कारखाना हाल खण्डहर अवस्थामा पुगेको उल्लेख छ। कारखाना क...