रवि लामिछानेको भारत भ्रमण सकारात्मक, बालेनको सीमा सम्बन्धी अभिव्यक्ति दुर्भाग्यपूर्ण : नीलाम्बर आचार्य
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई भारतीय नेतृत्वले दिएको उच्चस्तरीय स्वागतलाई लिएर नेपाल–भारत सम्बन्धबारे विभिन्न तहमा चर्चा सुरु भएको छ।
भ्रमणका क्रममा लामिछानेले नरेन्द्र मोदी, अमित शाह तथा एस. जयशंकर लगायत भारतीय उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य ले उक्त भ्रमणलाई समग्र रूपमा सकारात्मक र फलदायी भएको बताएका छन्। उनका अनुसार लामिछानेलाई दिइएको सम्मानलाई केवल व्यक्तिगत रूपमा नभई नेपाल र नेपाली जनताप्रतिको सम्मानका रूपमा पनि हेर्न सकिन्छ।
आचार्यले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता उच्चस्तरीय संवाद र भेटघाटले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, बालेन्द्र शाह ले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै आचार्यले...















