सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन (तस्बिरहरू)
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौँ । सरकारले सुकुम्बासी बस्ती खाली गराउने अभियानअन्तर्गत आज थापाथली र गैरीगाउँ क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ। सम्भावित प्रतिरोधलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी व्यापक रूपमा खटाइएको हो।
सरकारले आज ती क्षेत्रमा रहेका अस्थायी संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ। सुकुम्बासी समुदायबाट विरोध हुन सक्ने आकलनका कारण सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
यसैबीच, बाँकी रहेका मनोहरा, सिनामंगललगायत क्षेत्रका बस्तीहरू भोलि हटाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ। अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै सार्वजनिक तथा नदी किनार क्षेत्रको संरक्षण गर्ने लक्ष्य राखिएको छ।...















