हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न गृह मन्त्रालयको टोली हुम्लामा
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा उत्पन्न विवाद तथा झडप घटनाबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल को नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। टोलीले विवादित क्षेत्र लाम्पाटा र च्याचौरको अवलोकन गरी घटनाको वास्तविक अवस्था बुझ्ने काम गरेको छ।
सिमकोट बसाइँका क्रममा टोलीले स्थानीय नागरिक, घटनामा संलग्न पक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम रहेको छ।
गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादका कारण हुम्ला र बाजुराका स्थानीयबीच झडप भएको थियो। विवाद चर्किएपछि गृह मन्त्रालयले घटनाको अध्ययन तथा समाधानका लागि छानबिन समिति गठन गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजे...















