किस्पाङ प्राविधिक शिक्षालय: सातै प्रदेशका विद्यार्थीको आकर्षण, शैक्षिक गन्तव्य बन्दै
नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक क्षेत्रमा नयाँ गन्तव्यका रूपमा उदाउँदै गएको छ। गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिएर सञ्चालन गरेको प्राविधिक शिक्षालयमा पछिल्लो तीन वर्षदेखि देशभरका विद्यार्थीको उल्लेखनीय आकर्षण देखिएको छ।
पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी यहाँ प्राविधिक शिक्षा लिन आउने गरेका छन्। गाउँपालिकाले सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी कोर्स मात्र रु १ लाख ९५ हजार शुल्कमा उपलब्ध गराएपछि यो शिक्षालय सुलभ र आकर्षक शैक्षिक गन्तव्य बनेको हो।
किस्पाङ–३ काहुलेमा २०८० सालमा स्थापना भएको यस शिक्षालयले पहिलो ब्याचमा फार्मेसी मात्र सञ्चालन गरेको थियो भने हाल दोस्रो र तेस्रो ब्याचमा सामान्य चिकित्सा र फार्मेसी दुवै विषयमा पूर्ण कोटा भर्ना भएको छ।
देशभरका विद्यार्थीको सहभागिता
शिक्षालयमा हाल सातै प्रद...















