अब बैंक पनि शनिबार–आइतबार बन्द, सेवा समय परिमार्जन
काठमाडौं– अबदेखि बैंक तथा वित्तीय संस्थाहरू शनिबार र आइतबार बन्द हुने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूका विदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ। मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारले हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरेको छ।
नयाँ नियमअनुसार बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समय परिमार्जन गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।
केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न सुरु गरिसकेका छन्।...















