नेपाल भ्रमणमा अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स, ‘एसेन्ट समिट २०२६’ मा मुख्य सम्बोधन गर्ने
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन्। नेपालस्थित अमेरिकी दूतावास ले आइतबार उनको नेपाल आगमनको जानकारी दिँदै भ्रमणका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो।
दूतावासका अनुसार उपविदेशमन्त्री रोजर्सले काठमाडौंमा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछिन्। भ्रमणका क्रममा उनले नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिहरू तथा अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटघाटका क्रममा उनले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा डिजिटल स्वतन्त्रताको प्रवर्द्धनका विषयमा आफ्नो धारणा राख्ने जनाइएको छ। साथै, खुला समाज र आर्थिक समृद्धिका लागि यी विषयहरूको महत्त्वबारे पनि छलफल हुने दूतावासले जनाएको छ...















