सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति
काठमाडौं । नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।
काठमाडौंमा आयोजित ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए।
उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा हटाइए त्यसको विरोधमा कडा आन्दोलन गर्नुपर्ने अवस्था आउने समेत बताए।
उनले भने, “अहिले सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने चर्चा चलिरहेको छ। यदि यो हटाइयो भने कस्तो आन्दोलन गर्ने भन्ने अर्को चिन्ता थपिनेछ।”
विजयप्रसाद मिश्र ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीले रुचाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने अभ्य...















