आजको विशेष

बहिनीको कंकाल बोकेर बैंक पुगे दाजु, २० हजार निकाल्ने प्रयासमा ओडिशामा स्तब्ध पार्ने घटना

बहिनीको कंकाल बोकेर बैंक पुगे दाजु, २० हजार निकाल्ने प्रयासमा ओडिशामा स्तब्ध पार्ने घटना

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
ओडिशा (भारत) को केओञ्ज्हार जिल्लामा एक चकित पार्ने घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी मृत बहिनीको बैंक खाताबाट रु. २०,००० (भारतीय रुपैयाँ) निकाल्न नपाएपछि उनको कंकाल नै बैंकमा लिएर पुगेको घटना बाहिर आएको हो। ती महिलाको करिब दुई महिना अघि निधन भएको थियो र ती व्यक्ति उनका एकमात्र कानूनी हकदार रहेको बताइएको छ। पीडितका अनुसार बैंकका कर्मचारीहरूले पटक–पटक विभिन्न कागजात र प्रक्रिया पूरा गर्न भने पनि ती प्रक्रिया स्पष्ट रूपमा बुझाइएन। आवश्यक जानकारीको अभाव र लामो झन्झटका कारण उनी निराश बने र यस्तो असामान्य कदम चाल्न बाध्य भएको बताइएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले हस्तक्षेप गरेको छ र सम्बन्धित व्यक्तिलाई रकम प्राप्त गर्न सहयोग गर्ने आश्वासन दिएको छ। पछि सम्बन्धित अधिकारीहरूले पनि प्रक्रिया सम्बन्धी जानकारी पर्याप्त रूपमा नदिइएको स्वीकार गरेका छन्।...
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
१६ वैशाख, काठमाडौं – नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारी र सत्तारुढ दलहरूको सिफारिसका आधारमा मात्र नियुक्ति हुने परम्परा रहँदै आएको थियो। परराष्ट्रमन्त्री शिशिर खनाल को सचिवालयका अनुसार अब निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गर्ने योजना बनाइएको छ। सोमबार परराष्ट्र मन्त्रालय मा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सोच रहेको बताएका थिए। यद्यपि विज्ञापन खुल्ने मिति भने अझै तय भइसकेको छैन। स्रोतका अनुसार उक्त प्रस्तावमा प्रधानमन्त्रीको समेत सहमति भइसकेको छ र चाँडै विज्ञापन खुल्ने सम्भावना रहेको छ। मन्त्रीको सचिवालयका एक सदस्यले अर्को हप्ताभित्र दरखास्त आह्वान हुन सक्ने संकेत दिएका छन्। राजदूत नियुक्ति सम्बन्धी निर...
सभामुख अर्याल–चिनियाँ राजदूतबीच भेट: नेपाल–चीन सम्बन्ध र सहकार्य विस्तारमा जोड

सभामुख अर्याल–चिनियाँ राजदूतबीच भेट: नेपाल–चीन सम्बन्ध र सहकार्य विस्तारमा जोड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विस्तृत छलफल भएको थियो। सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध लामो इतिहास, पारस्परिक विश्वास र पञ्चशील सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै ‘एक चीन नीति’प्रति नेपालको अडिग प्रतिबद्धता पुनः व्यक्त गरेका थिए। उनले आपसी सम्मान, समानता र सहकार्यका आधारमा सम्बन्ध अझ सुदृढ बन्दै गएको धारणा राख्दै संसदीय तहमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। राजदूत माओमिङले नेपाललाई चीनको महत्वपूर्ण र नजिकको छिमेकीका रूपमा लिँदै विकास, पूर्वाधार निर्माण, व्यापार विस्तार तथा कनेक्टिभिटी सुदृढीकरणका क्षेत्रमा सहकार्य बढाउन चीन इच्छुक रहेको बताए। उनले नेपालमा भइरहेका...
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले शेखर गोल्छा लाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन आदेश दिएको छ। गोल्छाको तर्फबाट उनकी पत्नी सीमाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले पक्राउ र थुनाको कारण खुलाइएको लिखित जवाफसहित २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई आदेश दिएको हो। यसअघि बिहीबार पक्राउ परेका गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत ले सोमबार अनुमति दिएको थियो। विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लगायतको समूहसँग मिलेमतोमा भएको भनिएको सेयर कारोबार प्रकरणमा नेपाल धितोपत्र बोर्ड ले तयार पारेको जाँचबुझ प्रतिवेदनमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छाको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ...
काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्‍यो

काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्‍यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले होस्टेलहरूको अनुगमन गर्न ५ वटा विशेष टोली परिचालन गरेको छ। महानगरभित्र करिब ४० हजार व्यक्तिले होस्टेल सेवाको उपयोग गरिरहेको तथ्याङ्क रहेकाले सेवा गुणस्तर, मापदण्डको पालना, सुरक्षा व्यवस्था तथा व्यवस्थापनको अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको हो। स्तरीय होस्टेललाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेमा सुधार गर्ने र मापदण्ड पूरा नगर्ने होस्टेललाई बन्द गर्ने उद्देश्य रहेको महानगरले जनाएको छ। अनुगमन टोलीमा शिक्षा अधिकृतको संयोजकत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट तथा योजना तथा अनुगमन एकाइका प्रतिनिधिहरू सहभागी छन्। पाँच टोलीमध्ये एक टोलीले वडा नं. १, ३, ४, ६, १६, १८ र ३० मा अनुगमन गर्नेछ। अन्य टोलीहरूले क्रमशः वडा नं. ९, ३...
बजार अनुगमनमा म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बजार अनुगमनमा म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
झापा । ‘हेल्लो सरकार’मा परेको उजुरीपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वीनाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा नौ वटा पसलबाट कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायतका म्याद गुज्रिएका करिब ३० कार्टुन पेय पदार्थ बरामद गरिएको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले जानकारी दिए। टोलीले काँकडभिट्टा बजारस्थित कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद सङ्गम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो। बरामद गरिएका सबै म्याद गुज्रिएका पेय पदार्थ जफत गरी नियमानुसार नष्ट गरिएको जनाइएको छ। यस्ता अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई सचेत गराउनुका साथै तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन ...
कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित

कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
लहान, वैशाख १५ । मधेश प्रदेशको महत्वपूर्ण हुलाकी मार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ। बाँध भत्किएसँगै केही समयका लागि आवतजावत पूर्ण रूपमा प्रभावित बनेको थियो। पुलको डाइभर्सनभन्दा करिब तीन सय मिटर अगाडि बनाइएको उक्त बाँध बीच भागमै क्षतिग्रस्त भएपछि सवारी साधन सञ्चालनमा अवरोध आएको स्थानीयले बताएका छन्। सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारी साधन बाटोमै अलपत्र परेका थिए, जसलाई स्थानीयको सक्रियतामा व्यवस्थापन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले तत्काल जेसीबी प्रयोग गरी माटो हालेर समस्या अस्थायी रूपमा समाधान गरिएको जानकारी दिनुभयो। वर्षायाममा दीर्घकालीन समाधानका लागि सिरहाका विभिन्न निर्वाच...
सञ्चारमन्त्री तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्। आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा मन्त्री डा. तिमिल्सिनाले नेपाल–जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा नेपालले हेर्दै आएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए। उनका अनुसार नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार विस्तार तथा डिजिटल...
सुकुमबासी बस्तीमा डोजर र मुकुम्लुङ केबलकारबारे हर्क साम्पाङको प्रश्न : ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’

सुकुमबासी बस्तीमा डोजर र मुकुम्लुङ केबलकारबारे हर्क साम्पाङको प्रश्न : ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाउँदै विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय समुदायमाथि अन्याय भइरहेको आरोप लगाएका छन्। काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा महानगर र सरकारले डोजर चलाइरहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका हुन्। अध्यक्ष साम्पाङले एकातिर गरिब तथा सुकुमबासीका बस्ती हटाइरहेको सरकारले अर्कोतिर व्यवसायिक स्वार्थका लागि प्राकृतिक सम्पदामा क्षति पुर्‍याउने गतिविधिलाई सहयोग गरिरहेको टिप्पणी गरेका छन्। मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको सन्दर्भ उल्लेख गर्दै उनले लेखेका छन्: ‘सुकुमबासी बस्ती हटाउन सक्रिय सरकार मुकुम्लुङमा कञ्चनजङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उजाड्ने गरी केबलकार निर्माण गर्न खोज्ने व्यापारीलाई कि...
गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा डोजर परिचालन जारी, सार्वजनिक जग्गा खाली गराइँदै

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा डोजर परिचालन जारी, सार्वजनिक जग्गा खाली गराइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । राजधानीका विभिन्न स्थानका सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरी घर–टहर भत्काउने काम जारी रहेको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत सम्बन्धित निकायले डोजर परिचालन गरेको हो । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर प्रयोग गरी संरचना हटाउने कार्य भइरहेको छ । यस्तै, भक्तपुरको मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काउने काम भइरहेको छ । उक्त बस्तीमा आइतबार बिहानदेखि नै हटाउने अभियान सुरु गरिएको हो । यसअघि शनिबार नै गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा समेत डोजर परिचालन गरिएको थियो ।...