आजको विशेष

वास्तविक सुकुम्बासी व्यवस्थापनमा सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

वास्तविक सुकुम्बासी व्यवस्थापनमा सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता Gyanendra Shahi ले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा सरकारको पछिल्लो कदमप्रति सन्तुलित धारणा व्यक्त गरेका छन्। उनले वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य भएको बताउँदै वर्षौँदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार सुकुम्बासीको नाममा भइरहेको दुरुपयोग नियन्त्रण गर्दै सबैलाई कानुनी दायरामा ल्याउनु सकारात्मक कदम हो। “वास्तविक सुकुम्बासीलाई न्याय दिनु राज्यको दायित्व हो, तर नक्कलीको आडमा भइरहेको अतिक्रमण अन्त्य हुनुपर्छ,” उनले उल्लेख गरेका छन्। पछिल्ला दिनहरूमा Kathmandu का विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच तनाव देखिएको थियो। मानवअधिकारकर्मीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउनु उचित नहुने धारणा राख्दै आएका ...
निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ

निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
फेसबुकको newsfeed स्क्रोल गर्दै गर्दा एउटा पोस्टमा आँखा अडियो— “अब सामुदायिक विद्यालयहरूले आफ्नो बेञ्च सफा गर्न थाले हुन्छ, ठूलो संख्यामा विद्यार्थी भर्ना हुन आउँदै छन्।” केही क्षण सोचें। आजको नेपालमा आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सरकारी नीतिहरूको प्रभावले अभिभावकहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ। पछिल्लो समय सरकारले निजी विद्यालय (बोर्डिङ स्कुल) माथि विभिन्न नियम, शुल्क नियन्त्रण र निगरानी बढाएको देखिन्छ। यस्तो अवस्थामा के साँच्चै विद्यार्थीहरूको संख्या सामुदायिक विद्यालयतर्फ बढ्ने हो त? तर अझ गहिरो प्रश्न उठ्छ—के सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन यस्तो अवस्था आउनै पर्ने हो? अहिले पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ७–८ सम्म निजी विद्यालयमा पढाएर पछि मात्र सामुदायिक विद्यालयमा सार्ने गरेका छन्। किन? के यो केवल खर्चको कारण हो, कि गुणस्तर र विश्वासको पनि...
थापाथली सुकुमबासी बस्ती खाली गर्ने कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

थापाथली सुकुमबासी बस्ती खाली गर्ने कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्ने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म उक्त क्षेत्रमा वास्तविक ‘होमलेस’ (बसोबासविहीन) व्यक्ति फेला नपरेको बताइएको छ । उनले भने, “अहिलेसम्म वास्तविक होमलेस भेटिएका छैनन्। असक्त, वृद्ध तथा गर्भवती महिलाहरूलाई उहाँहरूको अनुरोधअनुसार सुरक्षित स्थानमा पठाइएको छ। दुई परिवारलाई बिरामी भएपछि अस्पताल पुर्‍याइएको छ भने सामान ढुवानीका लागि चार ट्रक प्रयोग गरिएको छ।” जोशीका अनुसार टहराभित्र रहेका सामान बाहिर निकाल्ने काम जारी छ भने अधिकांश व्यक्तिहरू आफ्ना गन्तव्यतर्फ गइसकेका छन् । उनले थपे, “यदि कोही वास्तविक होमलेस हुनुहुन्छ भने आउनुस् भने पनि अहिलेसम्म कोही सम्पर्कमा आउनुभएको छैन।” नगर प्रहरीका अनुसार ...
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा यूएईसामू मध्यम लक्ष्य प्रस्तुत

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा यूएईसामू मध्यम लक्ष्य प्रस्तुत

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
आईसीसी लिग– २ अन्तगर्त त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर यूएईसामू २०१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ७५ रन प्रहार गरे । त्यस्तै, नेपाल लागि ओपनर आशिफ शेख ७ तथा कुशल भुर्तेल २४ रन बनाएर आउट भए । त्यसैगरी, भीम सार्की १०, कप्तान रोहितकुमार पौडेल २, बसिर अहमद २०, आरिफ शेख र सोमपाल कामी १५–१५, करण केसी २२ र सन्दीप लामिछाने २ रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । यूएईका जनाइड सिद्धकी र अजय कुमारले ३–३ विकेट लिए ।...
सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन (तस्बिरहरू)

सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन (तस्बिरहरू)

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौँ । सरकारले सुकुम्बासी बस्ती खाली गराउने अभियानअन्तर्गत आज थापाथली र गैरीगाउँ क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ। सम्भावित प्रतिरोधलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी व्यापक रूपमा खटाइएको हो। सरकारले आज ती क्षेत्रमा रहेका अस्थायी संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ। सुकुम्बासी समुदायबाट विरोध हुन सक्ने आकलनका कारण सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। यसैबीच, बाँकी रहेका मनोहरा, सिनामंगललगायत क्षेत्रका बस्तीहरू भोलि हटाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ। अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै सार्वजनिक तथा नदी किनार क्षेत्रको संरक्षण गर्ने लक्ष्य राखिएको छ।...
घरटहरा हटाउने अभियानमा काठमाडौँ महानगरको साथ

घरटहरा हटाउने अभियानमा काठमाडौँ महानगरको साथ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्ती व्यवस्थापन तथा घरटहरा हटाउने सरकारी अभियानमा सहकार्य गर्ने जनाएको छ। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले यस कार्यमा पूर्ण समन्वय र सहयोग रहने स्पष्ट पारेकी हुन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको पहललाई प्रभावकारी बनाउन महानगर तयार रहेको उल्लेख गरिन्। वैशाख ११ गते नगर कार्यपालिकाका सदस्यहरूसँग भएको छलफलपछि कानुन र न्यायको परिधिभित्र रही कार्य अघि बढाइने निर्णय गरिएको उनको भनाइ छ। उनले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी तथा सामुदायिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राख्दै अनधिकृत संरचना हटाउने कार्यमा मानवअधिकारका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गरिने बताइन्। साथै, यस अभियानमा संलग्न सबै निकाय, पदाधिकारी तथा सर्वसाधारणलाई आवश्यक सहयोग र समन्वयका लागि आग्रहसमेत गरिएको छ। महानगरले नदी किनार तथा स...
गुन्द्रुकमा कडा मापदण्ड लागू, उत्पादनदेखि बिक्रीसम्म अनिवार्य स्वच्छता नियम

गुन्द्रुकमा कडा मापदण्ड लागू, उत्पादनदेखि बिक्रीसम्म अनिवार्य स्वच्छता नियम

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले परम्परागत नेपाली खाद्य पदार्थ गुन्द्रुकको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्ड लागू गरेको छ। यस व्यवस्थासँगै अब गुन्द्रुक उत्पादनदेखि प्याकेजिङ र बजार वितरणसम्म कडाइ गरिने भएको छ। मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुन्द्रुकको स्पष्ट परिभाषा, उत्पादन प्रक्रिया र गुणस्तरसम्बन्धी मापदण्ड निर्धारण गरेको जनाएको छ। रायो, तोरी, मुलालगायत सागपातलाई नुनबिना प्राकृतिक वा ल्याक्टिक एसिड किण्वन विधिबाट तयार पारिएको खाद्य पदार्थलाई गुन्द्रुकका रूपमा परिभाषित गरिएको छ। नयाँ नियमअनुसार किण्वन प्रक्रियामा फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै गुन्द्रुकमा ढुसी, किरा, माटो, प्लास्टिक वा धातुजस्ता कुनै पनि अशुद्ध पदार्थ मिसिन नहुने स्पष्ट गरिएको छ। कृत्रिम रंग, सुगन्ध र प्रिजरभेटिभको प्रयोग...
दक्षिण–पूर्वी एसियाबाट ६१२ नेपालीको उद्दार, पश्चिमी एसियामा सुरक्षा चासो कायमै

दक्षिण–पूर्वी एसियाबाट ६१२ नेपालीको उद्दार, पश्चिमी एसियामा सुरक्षा चासो कायमै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं : परराष्ट्र मन्त्रालय ले पश्चिमी एसियामा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार अत्यन्त संवेदनशील रहेको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट अनुगमन गरिरहेको र नेपालीहरूको सुरक्षाका लागि आवश्यक पहल जारी रहेको जानकारी दिए। उनका अनुसार पश्चिमी एसियामा ठूलो संख्यामा रहेका नेपालीहरूको संरक्षणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको छ। तेहरानमा रहेका १० नेपालीमध्ये २ जना स्वदेश फर्किने तयारीमा रहेको र बाँकी ८ जनाले तत्काल फर्कन इच्छा नदेखाएको उनले बताए। द्वन्द्व सुरु हुनु अघि इरान मा पक्राउ परेका अमृत झा संलग्न पानीजहाज मुद्दामा स्थानीय अदालतबाट एक चरणको फैसला भइसकेको छ, जसअनुसार ४ जना रिहा भइसकेका छन् भने झासहित अन्यको रिहाइ प्रक्रिया अघि बढिरहेको जन...
रुसको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि ‘विषाक्त वर्षा’, स्थानीयलाई सतर्क रहन निर्देशन

रुसको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि ‘विषाक्त वर्षा’, स्थानीयलाई सतर्क रहन निर्देशन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
मस्को/किएभ — युक्रेनद्वारा गरिएको आक्रमणपछि रुसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा वातावरणमा विषाक्त कण फैलिएको र ‘विषाक्त वर्षा’ जस्तो अवस्था सिर्जना भएको जनाइएको छ। रूसी अधिकारीका अनुसार सोमबार भएको आक्रमणपछि केन्द्रका चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो, जसलाई नियन्त्रणमा लिन अझै प्रयास जारी छ। आगलागीबाट निस्किएको बाक्लो कालो धुवाँले आकाश ढाकिँदा वायु प्रदूषणको स्तर सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको बताइएको छ। स्थानीय प्रशासनले बुधबार बासिन्दालाई घरभित्रै बस्न, झ्याल ढोका बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। बाहिर निस्कनै परे मास्क प्रयोग गर्न पनि निर्देशन दिइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर तथा भिडियोहरूमा समुद्र र किनार क्षेत्रमा तेलजस्तो पदार्थ फैलिएको, मरेका माछा तथा चराचुरुङ्गी देखि...
कच्चा पदार्थ अभावले हेटौंडा सिमेन्ट उद्योग बन्द, कर्मचारी १० महिनादेखि तलबविहीन

कच्चा पदार्थ अभावले हेटौंडा सिमेन्ट उद्योग बन्द, कर्मचारी १० महिनादेखि तलबविहीन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
हेटौंडा सिमेन्ट उद्योग पुनः कच्चा पदार्थ अभावका कारण उत्पादन रोक्न बाध्य भएको छ। लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको उद्योगले पछिल्लो पटक क्लिङ्कर उत्पादन गरे पनि आवश्यक कोइला, ढुङ्गालगायत कच्चा पदार्थ उपलब्ध नहुँदा पूर्ण रूपमा बन्द भएको हो। उद्योग प्रशासनका अनुसार कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि ढुवानीका लागि आवश्यक रकम अभाव देखाउँदै ठेकेदारले आपूर्ति गर्न नसकेपछि उत्पादन प्रक्रिया रोकिएको हो। उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार हाल उद्योगमा रहेका सामग्रीबाट करिब ५ हजार टन क्लिङ्कर उत्पादन भइसकेको छ भने अहिले सिमेन्ट प्याकेजिङको काम मात्र भइरहेको छ। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योग प्रायः बन्द अवस्थामा रहने गरेको छ। यससँगै क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा देखिएको प्राविधिक समस्या मर्मतको क्रममा रहेको पनि जनाइएको छ। कर्मचारीको अवस...