दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम
काठमाडौं — सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने रणनीति अघि सारिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार बहुआयामिक प्रसारणलाइन निर्माणमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारसँग जोड्ने तयारी भइरहेको छ।
योजनाअनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोडिनेछ भने कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै उत्पादित विद्युत् दोदोधरामा संकलन गरिनेछ। साथै, पश्चिम सेती आयोजना र बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी थप प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ।
श्रेष्ठका अनुसार दोदोधरालाई ऊर्जा केन्द्रका रूपमा विकास गर्दा त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग खुल्नेछ। यसले ने...















