राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी
काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घ बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्कको आवश्यकता बढ्दै गएकाले उक्त समझदारी गरिएको जनाइएको छ।
समझदारीमार्फत तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीतिअनुसार निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रयोगलाई सुदृढ बनाइनेछ। साथै, तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय विस्तार गरिने उल्लेख गरिएको छ।
कमलप्रसाद पोख्रेल र वीरेन्द्रराज पाण्डे को उपस्थितिमा कार्यालयका निर्देशक वेदप्रसाद ढकाल तथा परिसङ्घका महानिर्देशक घनश्याम ओझा...















