सरकारद्वारा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
काठमाडौँ – सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्री गीता चौधरीको निर्देशनमा उक्त मूल्य तोकेको हो।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा तथा चैते धानको प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ कायम गरिएको छ। यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुने बताइएको छ।
यदि चिस्यान १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २०० ग्रामका दरले तौल घटाएर मूल्य निर्धारण गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य ५५ रुपैयाँ ८ पैसा बढेको हो। अघिल्लो वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा र चैते धानको २ हजार ८०० रुपैयाँ ६९ पैसा कायम गरिएको...















