Author: Xpress Tv News Nepal

पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेका छन् सरकारी गाडी

पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेका छन् सरकारी गाडी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ । गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई सरकारी गाडी उपलब्ध गराइएको हो । शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले मन्त्रालयबाट उपलब्ध दुई वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मी ले गृह मन्त्रालयले उपलब्ध गराएका एक/एक वटा गाडी प्रयोग गरिरहेका छन् । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी गाडी प्रयोग गरिरहेका भीभीआईपीहरूको विवरण माग गरेपछि गृह मन्त्रालयले आवश्यक जानकारी पठाइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्ले ले प्रधानम...
इन्धनको मूल्य घट्यो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य घट्यो, एलपी ग्यास महँगियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाएको छ। यता, एलपी ग्यासमा १५० रुपैयाँ र हवाई इन्धनको मूल्य भने बढाइएको निगमले जनाएको छ। नयाँ मूल्यसूचीअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ।
सार्वजनिक संस्थान सुधार अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

सार्वजनिक संस्थान सुधार अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना अहिलेको आवश्यकता भएको बताएका छन् । गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समयअनुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकार आन्तरिक तयारीमा रहेको जानकारी दिए । मन्त्री तिमिल्सिनाले संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीहरूले थप जिम्मेवारी, उत्तरदायित्व र उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले अब समस्या मात्र औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको बताए । “आजको काम नै भोलिको इतिहास बन्ने भएकाले संस्थालाई गर्व गर्न लायक बनाउने जिम्मेवारी सबैको हो,” मन्त्री तिमिल्सिनाले भने । उनले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधा...
भोगाधिकारमा रहेका सरकारी जग्गा खाली गर्न मन्त्रालयको निर्देशन

भोगाधिकारमा रहेका सरकारी जग्गा खाली गर्न मन्त्रालयको निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भोगाधिकारका आधारमा प्रयोग हुँदै आएका सरकारी जग्गा तथा त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था र निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिज व्यवस्थासम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) अनुसार साविकका भोगाधिकारलाई लिजमा रूपान्तरण गर्न ६ महिनाको समयसीमा दिइएको थियो। यस सम्बन्धमा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले २०७३ जेठ ३१ र २०७४ वैशाख २१ गते सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराइसकेको मन्त्रालयले जनाएको छ। निर्धारित अवधिभित्र लिजमा रूपान्तरणका लागि निवेदन नदिने व्यक्ति तथा संस्थाको भोगाधिकार स्वतः समाप्त भइसकेको मन्त्रालयको स्पष्ट भनाइ छ। मन्त्रालयले बाँकी बक्यौता रकम सरकारी कोषमा दाखिला गरी प्रयोगमा रहेका जग्गा तथा स...
कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र

कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौँ/विराटनगर । कक्षा १२ को जारी वार्षिक परीक्षामा अमर्यादित गतिविधि देखिएको विषयमा मोरङमा सुरक्षा निकाय र परीक्षा बोर्डले निगरानी तथा अनुसन्धान तीव्र बनाएका छन्। विराटनगर र सुनसरीका केही निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई प्रभावमा पार्ने प्रयास गरेको आशंकामा प्रहरीले गोप्य अनुसन्धान सुरु गरेको हो। अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट प्रयोग गराइएको संकेत पाएपछि अनुसन्धान थप अघि बढाइएको छ। यसैक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षसँग स्पष्टीकरण मागेको छ। बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुनः गल्ती दोहोरिएमा तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेता...
प्रधानन्यायाधीश नियुक्तिमा जालझेल भएको आरोप, गगन थापाको आपत्ति

प्रधानन्यायाधीश नियुक्तिमा जालझेल भएको आरोप, गगन थापाको आपत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन प्रक्रिया अघि बढाएको आरोप लगाए। “प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा विधिसम्मत निर्णय गराउने होइन, आफूले प्रस्ताव गरेको नाम पारित गराउन जालझेल गरिएको छ,” उनले भने। थापाका अनुसार परिषद् बैठकमार्फत बहुमत जुटाउने प्रयास भइरहेको छ। “प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको उपस्थितिमा तीन जनाले निर्णय पारित गर्ने तयारी देखिन्छ,” उनले दाबी गरे। उनले संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्न अध्यादेश ल्याइएको आरोप पनि लगाए। विगतमा यस्ता प्रयास भए पनि आफूहरूले रोकेको उल्लेख गर्दै अहिले भने त्यसलाई रोक्न नसकिएको उनको भनाइ छ।...
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा सुधार, १२ स्थान उक्लिए

दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा सुधार, १२ स्थान उक्लिए

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गर्दै माथिल्लो स्थानमा पुगेका छन्। International Cricket Council (आईसीसी) ले हालै अद्यावधिक गरेको वरीयताअनुसार ऐरी १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइएको छ। घरेलु मैदानमा सम्पन्न लिग–२ शृंखलामा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा उनको वरीयता सुधार भएको हो। उक्त शृंखलामा उनले चार खेलमा दुई अर्धशतक र एक शतकसहित टोलीलाई महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए। खेल प्रदर्शनका क्रममा उनले यूएईविरुद्धको पहिलो खेलमा ७५ रन बनाउनुका साथै एक विकेट लिएका थिए। ओमानविरुद्धको खेलमा ६० रनसहित दुई विकेट हात पारेका थिए। दोस्रो पटक यूएईसँगको भेटमा उनले शतक प्रहार गरेका थिए भने ओमानसँगको ...
पूर्वविशिष्टका सवारी सुविधामा कडाइ, गृह मन्त्रालयसँग तत्काल विवरण माग

पूर्वविशिष्टका सवारी सुविधामा कडाइ, गृह मन्त्रालयसँग तत्काल विवरण माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । राज्यकोषको दुरुपयोग नियन्त्रण गर्न सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई दिइँदै आएको सवारी सुविधामा कडाइ गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयसँग पूर्वविशिष्टहरूले प्रयोग गरिरहेका सवारीसाधनको विस्तृत विवरण तुरुन्त उपलब्ध गराउन निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनमा केही पूर्वविशिष्टले कानुनले तोकेको सीमा नाघेर सवारीसाधन प्रयोग गरेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिएको देखिएपछि यस्तो कदम चालिएको बताइएको छ। सोही आधारमा गृह मन्त्रालयलाई पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रिय सभा अध्यक्षले प्रयोग गरिरहेका सवारी सुविधाको सम्पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन भनिएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसा...
एम्बुलेन्समा गाँजा ओसारपसार, दुई जना पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसार, दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
विराटनगर । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्रबाट उक्त एम्बुलेन्ससहित दुई जनालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन्। एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ ओसारपसार गर्न खोजिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।...
शिवपुरी जंगलमा महिलाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

शिवपुरी जंगलमा महिलाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । ‘बजार जान्छु’ भन्दै घरबाट निस्किएकी तारकेश्वर–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी शिवपुरी जंगलमा मृत अवस्थामा फेला परेकी छन्। वैशाख ११ गते दिउँसो घरबाट हिँडेकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले वैशाख १२ गते नै खोजतलासका लागि प्रहरीमा उजुरी दिएको थियो। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव उत्खनन गरी फेला पारिएको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टोखा–२ का ३५ वर्षीय अनिल डङोललाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ। पक्राउ परेका डङोलमाथि कर्तव्य ज्यान मुद्दामा दुई दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।...