काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले होस्टेलहरूको अनुगमन गर्न ५ वटा विशेष टोली परिचालन गरेको छ।
महानगरभित्र करिब ४० हजार व्यक्तिले होस्टेल सेवाको उपयोग गरिरहेको तथ्याङ्क रहेकाले सेवा गुणस्तर, मापदण्डको पालना, सुरक्षा व्यवस्था तथा व्यवस्थापनको अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको हो। स्तरीय होस्टेललाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेमा सुधार गर्ने र मापदण्ड पूरा नगर्ने होस्टेललाई बन्द गर्ने उद्देश्य रहेको महानगरले जनाएको छ।
अनुगमन टोलीमा शिक्षा अधिकृतको संयोजकत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट तथा योजना तथा अनुगमन एकाइका प्रतिनिधिहरू सहभागी छन्।
पाँच टोलीमध्ये एक टोलीले वडा नं. १, ३, ४, ६, १६, १८ र ३० मा अनुगमन गर्नेछ। अन्य टोलीहरूले क्रमशः वडा नं. ९, ३...















