तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधारमा सहकार्य, एकीकृत डिजिटल प्रणाली बनाइने
काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गरी सूचना तथा सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा सम्पन्न सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बैठकले सञ्चार क्षेत्रको सुधार र पुनःसंरचनाका लागि विभिन्न नीतिगत निर्णय गरेको हो।
सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम आयोजित बैठकले सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित बनाउन कार्यविधि स्वीकृत गर्नुका साथै निर्णयहरूको नियमित अनुगमन तथा प्रतिवेदन प्रणाली सञ्चालन गर्ने व्यवस्था गरेको छ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै पुराना कानूनी तथा संस्थागत संरचनामा सुधार आवश्यक भएको बताए। उनले सञ्चार क्षेत्रमा देखिएको दोहोरो तथा ते...















