पाल्पा पूर्ण संस्थागत प्रसूति तथा पूर्णखोप दिगोपना जिल्ला घोषणा
लुम्बिनी प्रदेश अन्तर्गतको पाल्पा जिल्ला लाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। मङ्गलवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उक्त घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँ रहेका मिसन अस्पताल, मेडिकल कलेज तथा जिल्ला अस्पतालमार्फत सरकारी र निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको जानकारी दिए।
पाल्पा जिल्ला मात्रै नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भइरहेको उनको भनाइ थियो। जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा संघीय सरकारको मापदण्ड पूरा गर्नुपर्ने भएकाले प्रक्रिया केही जटिल बनेको उनले बताए।
मुख...















