युवा अभियन्ता भन्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग
काठमाडौं, १० वैशाख । आफूलाई ‘युवा अभियन्ता’ बताउने समूहद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
संघका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि बिना आधार आरोप लगाउँदै अपमानजनक व्यवहार गरिएको हो। प्रतिष्ठान परिसरमै खाजा खाइरहेका चिकित्सकमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्कीसमेत दिएको जनाइएको छ।
उक्त घटनालाई भिडियो खिचेर युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अतिरञ्जित रूपमा प्रचार गरिएको संघको भनाइ छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रतिष्ठामा आँच पुर्याएको मात्र नभई समाजमा गलत सन्देश फैलाएको संघले जनाएको छ।
‘संवेदनशील स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिमाथि आधारहीन आरोप लगाउनु, सामाजिक सञ्जालमार्फत अपमानित गर्नु र ...















