प्रधानन्यायाधीश नियुक्ति विवादपछि न्यायालयभित्र बढ्यो तनाव
काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर न्यायालयभित्रको विवाद थप चर्किएको देखिएको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पछिल्ला दिनमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विभिन्न गतिविधिमा सक्रिय बनेपछि न्यायालयभित्र तनावको अवस्था सिर्जना भएको चर्चा भइरहेको छ।
प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा को नियुक्ति प्रक्रिया रोक्न माग गरिएको निवेदन दर्ता गर्न उनले सर्वोच्च प्रशासनलाई आदेश दिएको विषयले समेत चर्चा पाएको छ। तर उक्त आदेश कार्यान्वयनमा नआएपछि त्यसले कानुनी र प्रशासनिक दुवै वृत्तमा प्रश्न उठाएको बताइन्छ।
यसअघि कानुन दिवसको कार्यक्रममा पनि न्यायाधीश मल्लले सार्वजनिक रूपमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। न्यायालयभित्रैबाट नियुक्ति प्रक्रिया रोक्ने प्रयास भएको चर्चा भए पनि संवैधानिक परिषद्को सिफारिस र राजनीतिक सहमतिका आधारमा ...















