Author: Xpress Tv News Nepal

टोखा–३ मा अवैध रक्सी उत्पादन स्थलमा प्रहरी छापा, ठूलो परिमाणमा बरामद

टोखा–३ मा अवैध रक्सी उत्पादन स्थलमा प्रहरी छापा, ठूलो परिमाणमा बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
    काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर ३, भत्केको पुल नजिकै सञ्चालन भइरहेको अवैध रक्सी उत्पादन स्थलमा नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले छापा मार्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। यो छापा प्रहरीले खबर पाएको आधारमा विशेष योजना अन्तर्गत गरेको हो। प्रहरीका अनुसार, छापाका क्रममा करिब १० हजार लिटर अवैध घरेलु रक्सी, ९ हजार किलो गहुँ र कोदोको कच्चा पदार्थ र रक्सी पकाउने ३ सेट भाँडा बरामद गरिएको छ। बरामद सामग्रीको परिमाण र त्यसको सञ्चालन शैलीलाई हेर्दा यो हालसम्मकै ठूलो अवैध रक्सी उत्पादन स्थल भएको प्रारम्भिक निष्कर्ष प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सो स्थलमा कार्यरत व्यक्तिहरूको पहिचान र उनीहरूसँग सम्बन्धित नेटवर्कबारे थप अनुसन्धान सुरु गरेको छ। बरामद सामग्री र अनुसन्धानको विवरणले अवैध रक्सी उत्पादन र वितरणमा संलग्न समूहविरुद्ध आगामी दिनमा कारबाहीको तयारी भइर...
बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोध्यो

बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोध्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार, साहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकमा रहेका प्रहरीहरूलाई भोट माग्दै गरेको आशयको श्रव्य–दृश्य सामग्री प्राप्त भएपछि आइतबार उनलाई स्पष्टीकरणका लागि बोलाइएको हो। त्यस्तै, प्रचारको क्रममा साहकी श्रीमतीसँग सादा पोसाकका प्रहरीहरू खटिएको विषयमा पनि आयोगले विस्तृत र स्पष्ट जवाफ मागेको छ। निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ।...
राष्ट्रिय सभाबाट तीनवटा महत्वपूर्ण अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट तीनवटा महत्वपूर्ण अध्यादेश स्वीकृत

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
राष्ट्रिय सभाको सोमबारको बैठकले अगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै अन्तरिम सरकारले जारी गरेका तीनवटा अध्यादेश स्वीकृत गरेको छ। यस बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेश राष्ट्रिय सभामा पेश गरेका थिए। उहाँले पेश गरेका अध्यादेशहरूमा समावेश छन्: मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, २०८२ – जसले मतदाता नामावलीसँग सम्बन्धित प्रावधानमा आवश्यक सुधार र संशोधन गर्दछ। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ – यसले प्रतिनिधि सभा निर्वाचन प्रक्रियामा केही महत्वपूर्ण संशोधनहरू ल्याउँछ। नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ – जसले विशेष सेवा ऐनसँग सम्बन्धित प्रावधानहरूलाई परिमार्जन गर्छ। उक्त प्रस्ताव सभाका सबै सदस्यहरूको सर्वसम्मत अनुमोदनपछि स्वीकृत भएको हो। यस स्वीकृतिले आगामी निर्वाचन तयारीलाई कानुनी आधार प्रदान गरेक...
रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश
रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ रक्सौल (पू.च.) – भारत–नेपाल सीमा नजिक सक्रिय अन्तर्राष्ट्रिय नक्कली भारतीय मुद्रा तस्करी गिरोहको भण्डाफोर भएको छ। मोतिहारी प्रहरी मुख्यालयअन्तर्गतको विशेष कार्यबल (एसटीएफ) ले शनिबार ठूलो कारबाही गर्दै गिरोहसँग सम्बन्धित दुई नेपाली तस्करलाई पक्राउ गरेको छ। सीमावर्ती पनटोका पञ्चायत क्षेत्र, बार्डर पिलर नम्बर ३९३ नजिकको ग्रामीण बाटोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यसबारे जानकारी दिँदै प्रहरी अधीक्षक स्वर्ण प्रभातले घटनाको पुष्टि गरेका छन्। भौगोलिक समन्वय अन्तर्गत बिहार एसटीएफ, पूर्वी चम्पारण जिल्ला प्रहरी र एसएसबीले संयुक्त छापामारी गरेको थियो। सो क्रममा नेपालका मकवानपुर निवासी तिलक बहादुर थापा (पिता–स्व. रामबहादुर थापा) र नवलपरासी जिल्ला, पिपरासी थाना क्षेत्रका सरोज कुमारी महतो (पिता–स्व. जगन्नाथ महत...
पोखरामा यू–१९ साफ महिला च्याम्पियनसिप: आज दुई महत्वपूर्ण खेल

पोखरामा यू–१९ साफ महिला च्याम्पियनसिप: आज दुई महत्वपूर्ण खेल

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
कास्की । पोखरास्थित रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज (माघ १९) लिग चरणका दुई महत्वपूर्ण खेल आयोजना हुँदै छन्। आजको पहिलो खेलमा बंगलादेश र भारत आमनेसामने हुँदैछन्। उक्त खेल मध्याह्न १२ बजे सुरु हुनेछ। यस्तै, आजको दोस्रो खेलमा घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने तालिका रहेको छ। दुवै टोली यसअघि खेलेको आफ्नो पहिलो खेलमा पराजित भएका कारण आजको खेल दुवैका लागि निकै महत्वपूर्ण मानिएको छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भुटान बंगलादेशसँग १२–० को फराकिलो अन्तरले हार बेहोर्न बाध्य भएको थियो। लिग चरणको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा मैदान उत्रनेछन्। फाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्थामा दुवै ट...
एकाएक ओरालो लागेको सुनको मूल्य

एकाएक ओरालो लागेको सुनको मूल्य

uncategory, आजको विशेष, ट्रेन्डिङ, बागमती, ब्यापार
नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। आज सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ। पछिल्ला दिनहरूमा निरन्तर घट्दो क्रममा रहेको सुनको भाउले बजारमा चासो बढाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग–आपूर्तिको अवस्था तथा आर्थिक गतिविधिमा आएको उतार–चढावका कारण सुनको मूल्यमा यस्तो परिवर्तन देखिएको बताइएको छ। मूल्यमा आएको यस गिरावटले उपभोक्ता र लगानीकर्ताहरूबीच नयाँ अपेक्षा र छलफल सिर्जना गरेको छ।...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार
पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । ती पालिकामा दुई सय ७२ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थी नभएका धेरैजसो विद्यालय आधारभूत र प्राथमिक तहका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिदै गएका छन् । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको हो भने कुश्मा नगर पा...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार
काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ । साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ । अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका ती...
औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा औद्योगिक प्रतिष्ठानको उत्पादकत्व वृद्धि गर्न हेरचाह केन्द्र आवश्यकता र पहिचान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा स्याहार हेरचाह सेवाको औपचारिक रूपमा प्रवद्र्धन गर्न उद्देश्यसहित ‘सुदूरपश्चिम प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान’ गर्न आयोजित विशेष कार्यक्रमले हेरचाह केन्द्रको पहिचान गरेको हो । अन्तरास्ट्रिय श्रम संगठनको आर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त रूपमा सन्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हेरचाह सेवा अझै सरकारको प्राथमिकताको क्षेत्र बन्न नसकेको गुनासो गरेका थिए । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष जीवन रानाले हेरचाह क्षेत्रमा सहयोग पुग्ने गरि सरकारले विभिन्न नीति तयार गरेको बताइन । ‘प्रदेश सरकारले हेरचाह क...
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । बिहीबार कैलाली कारागारमा रहेका तीन जना कैदिवन्दिलाई अन्यत्र सरुवा गरेपछि झडप सुरु भएको थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा मुछिएका तीन जनालाई बिहीबार अन्य कारागार सरुवा गरिएको प्रहरी प्रबक्ता सिंहले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले बताए । कैदीलाई सरुवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हुन सक्ने आँकलन गरिएको छ ।   एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती सेवा जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ । आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गर...