रुसको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि ‘विषाक्त वर्षा’, स्थानीयलाई सतर्क रहन निर्देशन
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
मस्को/किएभ — युक्रेनद्वारा गरिएको आक्रमणपछि रुसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा वातावरणमा विषाक्त कण फैलिएको र ‘विषाक्त वर्षा’ जस्तो अवस्था सिर्जना भएको जनाइएको छ।
रूसी अधिकारीका अनुसार सोमबार भएको आक्रमणपछि केन्द्रका चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो, जसलाई नियन्त्रणमा लिन अझै प्रयास जारी छ। आगलागीबाट निस्किएको बाक्लो कालो धुवाँले आकाश ढाकिँदा वायु प्रदूषणको स्तर सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको बताइएको छ।
स्थानीय प्रशासनले बुधबार बासिन्दालाई घरभित्रै बस्न, झ्याल ढोका बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। बाहिर निस्कनै परे मास्क प्रयोग गर्न पनि निर्देशन दिइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर तथा भिडियोहरूमा समुद्र र किनार क्षेत्रमा तेलजस्तो पदार्थ फैलिएको, मरेका माछा तथा चराचुरुङ्गी देखि...















