इरान–अमेरिका तनाव चर्किँदै : ‘ट्रिगरमा हात’ भन्दै तेहरानको कडा सन्देश
तेहरान । इरान सरकारले अमेरिका सँगको सम्भावित वार्तालाई लिएर कडा र स्पष्ट सन्देश दिएको छ। सरकारी प्रवक्ता फातिमा मोहजेरानी ले इरानको “हात ट्रिगरमा रहने” भन्दै देशको सुरक्षा बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएकी छन्।
सरकारी समाचार एजेन्सी IRNA लाई दिएको अन्तर्वार्तामा उनले इरानसँग दुई विकल्प रहेको उल्लेख गरिन्—एक युद्धको रणनीति र अर्को कूटनीतिको बाटो। उनले इरानको वार्ता टोलीले राष्ट्रिय हितमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारिन्। इस्लामाबादमा प्रस्तावित दोस्रो चरणको वार्तामा सहभागी हुने विषयमा भने उनले कुनै ठोस धारणा सार्वजनिक गरिनन्।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता अपरिहार्य रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम CNBC सँगको अन्तर्वार्तामा उनले वार्ता सफल हुने आशा व्यक्त गर्दै असफल भए “गम्भीर परिणाम” आउन सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग “एउट...















