Breaking News 1

पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् । गएराति भारतले गरेको आक्रमणभन्दा पहिले पाकिस्तानले भारत प्रशासित कश्मीरको भिम्बर गली क्षेत्रमा आक्रमण गर्नसक्ने भारतीय सेनाले बताएको थियो । स्थानीयहरूले धेरै विस्फोटका आवाज सुनेको बताएपछि विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो । यसैबीच पाकिस्तानले पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरेको छ । भारतीय आक्रमणको जवाफ दिने तयारी गरिरहेको भन्दै पाकिस्तानको पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरिएको हो । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज केहीबेरपछि आफ्नो राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । उहाँले भारतले गरेको पछिल्लो आक्रमणलाई कायरतापूर्ण आक्रमण भन्दै आफ्नो अनुकूलतामा यसको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्...
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाक...
अछामका गणेशले हँसियाले आफ्नै घाँटी काटेपछि..

अछामका गणेशले हँसियाले आफ्नै घाँटी काटेपछि..

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । अछामका एक जनाले आफ्नै घाँटी काटेका छन्। जिल्लाको बान्निगढी–जयगढ गाउँपालिका–३ जाल्तोलाका ४० वर्षीय गणेश लुहारले आफ्नै घाँटी हँसियाले काटेका हुन। जिल्ला प्रहरी कार्यालय, अछामले मङ्गलवार दिउँसो आफ्नै घरको आँगनमा हँसियाले आफ्नै घाँटी रेटेका गणेशको मृत्यु भएको बताएको छ। प्रहरीले उनलाई घरबाट घाइते अवस्थामा अस्पताल लगेको थियो। प्रहरीले उनलाई न्याय हेल्थ अस्पताल, बयलपाटामा उपचारका लागि लगेको होे। बयलपाटामा उपचार सम्भव नभएपछि गणेशलाई धनगढी ल्याइएको थियो। धनगढी आउने क्रममा डोटीको गैरा क्षेत्रमा उनको मृत्यु भएको अछाम प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।...
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए । उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवा बसिरहेकी थिइन्। प्रहरीका अनुसार पत्नी निदाएको मौका छोपेर सिंह छतमाथि उक्लिएका थिए । प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जनाए अनुसार, प्रहरीहरूले उनलाई वार्ड फर्किन आग्रह गरे पनि उनले तत्कालै हाम फालेका थिए ।...
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका-९ थीर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ । दुर्घटना मृत्युहुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५र२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प...
चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

Breaking News 1
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् । बाक्लै संख्यामा चलचित्र हेर्न जाँदैनन् । तर, उनी चलचित्र हेर्न गएपछि समाचारको विषय बन्छ । तर, चलचित्र हेरेपछि उनको प्रतिक्रिया आउँदैन । सामान्यतः नेताहरू चलचित्र हेर्न गएपछि उनीहरू उक्त सिनेमाबारे प्रतिक्रिया दिन्छन्, जुन युट्युब तथा सञ्चारमाध्यममा आउँछ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीलगायत नेता चलचित्र हेर्न गइरहन्छन् । उनीहरूको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आउँछ । युट्युब र अनलाइन तथा छापामा चलचित्रबारे उनीहरूले बोलेको प्रतिक्रिया बाक्लै देखिन्छ । मेयर बालेन चलचित्र हेर्न गएको समाचार र तस्बिरमात्रै आउँछ । तर, प्रतिक्रिया आउँदैन । उनलाई चलचित्र राम्रो वा नराम्रो कस्तो लाग्यो कतै पन...
दार्चुलाको एक घरमा आगलागी, आठ लाखको धनमाल जलेर नष्ट

दार्चुलाको एक घरमा आगलागी, आठ लाखको धनमाल जलेर नष्ट

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
दार्चुला । दार्चुलाको एक घरमा आगलागी भएको छ। शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगोबाट बुधवार आगलागी भएको हो। आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।  ...
संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस् : सांसद ढकाल

संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस् : सांसद ढकाल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् भवन परिसर प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पासनिलम्बन गरेको थियो । त्यसबारे प्रश्न उठाउँदै रास्वपा सांसद ढकालले दल र सरकारको दबाबमा रहेर पास खोसिएको बताए । ‘आज संसद् सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल, सरकारको प्रभाव दबाबमा रहेर जसरी पास खोसिएको छ । आज नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ ढकालले भने । संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।  ...
हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ। बिहिबार बिहान हमासले रेड क्रसमार्फत इसराइललाई हस्तान्तरण गरेको हो। यो पटक हमासले हस्तान्तरण गरेको चारै शव पुरूषको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ८५ वर्षका श्लोमो मन्त्जुर, ६९ वर्षका इज्हक इलगारत तथा ४९/४९ वर्षका त्साची इदान र ओहाद याहालोमी छन्। शव इसराइल पुर्‍याइएको र फरेन्सिक चेकजाँच भइरहेको टाइम्स अफ इसराइलले जनाएको छ। हमासले युद्धविराम सम्झौता कार्यान्वयन नगरेको भनेर इसराइलले गत साता बन्धकको बदलामा कैदीहरू छाडेन। अघिल्लो साता हमासले ६ जना बन्धक रिहा गरेको थियो। त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदी छाड्ने भनिएको थियो। तर पटकपटक युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएर इसराइलले त्यस दिन बन्दी रिहा गरेको थिएन। बिहीबार भने इसराइलले ६२० जना कैदी छाडेको समाचार संस्था रोयटर्सले जनाए...
अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

Breaking News 1
अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई उद्धृत गरी समाचार संस्था एएफपीले उल्लेख गरेको छ । फराहमा असिनाका कारण ६ जना घाइते भएका विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिनुभएको छ । असिना परेर ज्यान गुमाउने र घाइते हुनेहरु पिकनिकमा गएका दुई परिवारका सदस्य रहेका छन् । त्यस्तै कान्दाहारमा ठूलो वर्षा भएपछि महिला र बालबालिकासहित आठ जनाको ज्यान गएको हो । अफगानिस्तान जलवायु परिवर्तनको चपेटामा परेको र चरम मौसमी घटना बढ्दै गएका विज्ञले बताएका छन । अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा छ ।...