कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
कोहलपुर ।युनाइटेड किङडमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा ईलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ।
संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (UNOPS) मार्फत योजना कार्यान्वयन भई निर्माण सम्पन्न उक्त भवनको उद्घाटन प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्कीले गर्नुभयो।
उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रले पीडितमैत्री वातावरणमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानव अधिकारमैत्री र संवेदनशील सेवा प्रवाहमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
नव–निर्मित सेवा केन्द्रबाट घरेलु हिंसा, लैङ्ग...















