विचार

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्रीलाई बुझाए लिखित स्पष्टीकरण

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्रीलाई बुझाए लिखित स्पष्टीकरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । विवादित व्यक्तिसँग सेयरमा हिस्सेदारी गरेको आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाह ले गृहमन्त्री सुधन गुरुङ सँग लिखित स्पष्टीकरण मागेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान स्पष्टीकरण बुझाउन निर्देशन दिइएको थियो, जसअनुसार गृहमन्त्री गुरुङले आफ्नो लिखित जवाफ बुझाइसकेका छन्। सेयर खरिदसम्बन्धी विवरण सम्पत्ति विवरणमा नदेखिएको लगायत विषय उठेपछि उनको राजीनामा मागिँदै आएको थियो। यसैबीच, गृहमन्त्रीले आफूले ऋण लिएर सेयर खरिद गरेको स्पष्टिकरण दिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ भने गृहमन्त्रीको सचिवालयले पनि लिखित स्पष्टीकरण बुझाइसकेको पुष्टि गरेको छ।...
अमेरिकामा चर्चित गायक हत्या आशंकामा पक्राउ

अमेरिकामा चर्चित गायक हत्या आशंकामा पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौँ । अमेरिकाको लस एन्जलस बाट एक चर्चित गायक हत्या आशंकामा पक्राउ परेका छन्। प्रहरीले स्टेज नाम ‘डिफोरभिड’ बाट चिनिने डेभिड एन्थोनी बर्क लाई बिहीबार साँझ करिब ४:३० बजे हलिउड क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेज को शव गायककै टेस्ला कारभित्र सडेको अवस्थामा फेला परेको थियो। उक्त सवारीसाधन ‘हलिउड टो’ नामक स्थानमा सेप्टेम्बर ८, २०२५ देखि पार्किङ गरिएको अवस्थामा थियो। दुर्गन्ध आएपछि स्थानीयले जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सेलेस्टे सन् २०२४ मा इन्ल्यान्ड एम्पायर क्षेत्र बाट हराएकी थिइन्। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी थिएन। शव फेला पर्नु एक दिनअघि मात्र उनको १५औँ जन्मदिन परेको थियो। प्रहरीले बर्कलाई हाल बिना जमानत हिरासतमा राखेको जनाएको छ। यो मुद्दा सोमबार लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्...
‘लु’ को जोखिम बढ्दै, तराईमा तापक्रम उच्च: सावधानी अपनाउन विज्ञको आग्रह

‘लु’ को जोखिम बढ्दै, तराईमा तापक्रम उच्च: सावधानी अपनाउन विज्ञको आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । देशका अधिकांश भूभागमा तापक्रम तीव्र रूपमा बढ्दै गएको छ। विशेषगरी तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कपिलवस्तुमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस पुगेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका र खोँच क्षेत्रहरूमा अत्यधिक गर्मी महसुस गरिएको छ। मौसमविद्हरूका अनुसार बुधबारसम्म तराईका अधिकांश क्षेत्रमा ‘लु’ को अवस्था कायम रहने सम्भावना छ। लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र, नेपालगञ्ज र सुदूरपश्चिमका तराई जिल्लाहरूमा जोखिम अझ बढी रहेको उल्लेख गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समयमै सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चिसो वातावरण कायम गर्ने, पर्याप्त पानी पिउने, बालबालिका, वृद्धवृद्धा...
इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना

इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना

Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौँ । प्रारम्भिक बाल विकास (इसिडी) तहका पाठ्यपुस्तकमा व्यापक मूल्य मनोमानी भएको भन्दै सरोकारवालाले सरकारी निकायको कमजोर अनुगमनप्रति प्रश्न उठाएका छन् । पाठ्यक्रम विकास केन्द्र र शिक्षा सम्बन्धी नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा बजारमा खुलेआम कालोबजारी बढेको आरोप लगाइएको छ । रिपोर्ट अनुसार इसिडी र अतिरिक्त पाठ्यपुस्तकहरूमा स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री भइरहेको पाइएको छ । कतिपय प्रकाशकले स्वीकृति बिना नै पुस्तक प्रकाशन तथा वितरण गरिरहेको देखिएको छ । नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि अनावश्यक र महँगो पुस्तकहरू बिक्री भइरहेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका छन् । केही प्रकाशन गृहहरूले मापदण्डभन्दा दोब्बरभन्दा बढी मूल्य कायम गरेको भेटिएको छ । उदाहरणका रूपमा निमा पुस्तक प्रकाशनले कक्षा ७ को २६२ पेजको पुस्तक ४८० रुपैयाँमा बिक्री गर...
ज्ञानेन्द्र शाहीको भनाइ: संख्या कम भए पनि संसद्‌मा जनताको आवाज कमजोर हुन दिँदैनौं

ज्ञानेन्द्र शाहीको भनाइ: संख्या कम भए पनि संसद्‌मा जनताको आवाज कमजोर हुन दिँदैनौं

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सिट संख्या कम भए पनि संसद्‌मा मौन नबस्ने र सुशासन तथा जनजीविकाका विषयमा दृढताका साथ आवाज उठाउने बताएका छन् । नयाँ सांसदहरूलाई बधाई दिन राप्रपाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्‌मा आफ्नो दलको उपस्थिति सीमित भए पनि एजेन्डामुखी र प्रभावकारी भूमिका रहने स्पष्ट पारे । ‘हामीसँग संसद्‌मा ५ सिट मात्र छन्, तर हामी चुप लागेर बस्दैनौं,’ शाहीले भने, ‘रोस्ट्रमबाट जनताका मुद्दा उठाउँछौं, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्छौं र जनजीविकाका सवाललाई निरन्तर उठाइरहन्छौं ।’ उनले सरकारद्वारा सुशासनका पक्षमा चालिएका सकारात्मक कदमहरूको समर्थन गर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा देखिएका व्यवहारप्रति भने आपत्ति जनाए । ‘पूजाआजाका लागि सानो परिमाणमा सामान ल्याउने सर्वसाधारणमाथि कुटपिट भएको छ, जुन गलत अभ...
गृहमन्त्री गुरुङमाथि दबाब बढ्दै : रातारात सभापति लामिछानेसँग भेट

गृहमन्त्री गुरुङमाथि दबाब बढ्दै : रातारात सभापति लामिछानेसँग भेट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यवसायीसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष लगानी देखिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब तीव्र बनेको छ। यही सन्दर्भमा उनी आइतबार राति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्। भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएसँगै विवाद चुलिएको हो। अनुसन्धानको दायरामा रहेको कम्पनीमा स्वयं गृहमन्त्रीको संलग्नता देखिँदा निष्पक्ष अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सत्तारूढ दलभित्रैबाट राजीनामाको माग उठ्न थालेको छ। सुरक्षास्रोतका अनुसार गुरुङ बेलुकी करिब ८ बजे लामिछाने निवास पुगेका थिए र राति १० बजेतिर त्यहाँबाट बाहिरिएका थिए। भेटका क्रममा परिवारका सदस्य वा अन्य पार्टी सहकर्मीको उपस्थिति नरहेको जनाइएको छ। रास्वपा स्रोतले दिएको जानकारीअनुसार गुरुङले प्रधानमन्त्री बाल...
शिक्षा सुधारमा जोड : ‘प्रविधिमैत्री र व्यावहारिक शिक्षा आजको आवश्यकता’

शिक्षा सुधारमा जोड : ‘प्रविधिमैत्री र व्यावहारिक शिक्षा आजको आवश्यकता’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, विचार, शिक्षा, समाचार
जनकपुरधाम — मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले वर्तमान समयअनुसार शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र समयानुकूल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाले मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। मन्त्री तिवारीले विद्यालय तहबाटै अनुशासन, नैतिकता र सीपमूलक ज्ञानको विकास गर्नुपर्नेमा विशेष जोड दिनुभयो। उहाँका अनुसार मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति वितरण तथा शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय अपरिहार्य रहे...
जेनजी मुभमेन्ट नेपालको माग: गृहमन्त्री सुधन गुरुङलाई निष्पक्ष छानबिनका लागि बर्खास्त गर्न आग्रह

जेनजी मुभमेन्ट नेपालको माग: गृहमन्त्री सुधन गुरुङलाई निष्पक्ष छानबिनका लागि बर्खास्त गर्न आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा, मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने स्पष्ट देखिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि आफ्नैविरुद्धको छानबिन प्रक्रियामा पदमा रहिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भएकाले निष्पक्ष न्यायका लागि गृहमन्त्रीको राजीनामा वा बर्खास्ती आवश्यक छ। मुभमेन्टले मन्त्री नियुक्ति र हटाउने विषयलाई राजनीतिक खेल नबनाउन पनि बालेन शाह नेतृत्वको सरकारलाई आग्रह गरेको छ। क्याबिनेटमा हुने नियुक्तिहरू गम्भीर राजनीतिक तथा नैतिक जिम्मेवारी भएको भन्दै नेतृत्वले परिपक्वता, जवाफदेहिता र दूरदर्शिता देखाउनुपर...
अमेरिका–इरान दोस्रो चरणको वार्ता चाँडै हुने संकेत

अमेरिका–इरान दोस्रो चरणको वार्ता चाँडै हुने संकेत

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, विचार, समाचार
काठमाडौं — अमेरिका र इरान बीच दोस्रो चरणको वार्ता शुक्रबारअघि नै हुने सम्भावना देखिएको छ। क्षेत्रीय सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै अल जजिरा ले यस्तो जानकारी सार्वजनिक गरेको हो। पाकिस्तानी सुरक्षा स्रोतहरूका अनुसार वार्ताको तयारी तीव्र पारिएको संकेतहरू देखिएका छन्। नूर खान हवाई अड्डा मा अमेरिकी सी–१७ ग्लोबमास्टर सैन्य ढुवानी विमानहरू अवतरण भइसकेका छन्, जसले उच्चस्तरीय गतिविधिको संकेत गर्छ। त्यस्तै इस्लामाबाद को ‘रेड जोन’ क्षेत्रमा सुरक्षा कडा बनाइएको छ भने केही सडकहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सेरेना होटल र मेरियट होटल बाट पाहुनाहरू हटाउने तथा नयाँ बुकिङ रोक्ने कामसमेत गरिएको स्रोतहरूले बताएका छन्। यसअघि अमेरिका–इरानबीच पहिलो चरणको वार्ता अप्रिल ११ मा इस्लामाबादस्थित सेरेना होटलमै सम्पन्न भएको थियो। दोस्रो चरणको वार्ताबाट द्विपक्षीय सम्बन्ध...
नेपाल–यूएई टी–२० सिरिज भोलिदेखि, फ्लडलाइटमा ऐतिहासिक खेल हुँदै

नेपाल–यूएई टी–२० सिरिज भोलिदेखि, फ्लडलाइटमा ऐतिहासिक खेल हुँदै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौं — नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली बीच अन्तर्राष्ट्रिय टी–२० सिरिज भोलि (वैशाख ७) देखि सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुईदिने सिरिजका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुर मा फ्लडलाइटमा खेलिनेछ, जसले नेपालमा पहिलो पटक रातिको समयमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने ऐतिहासिक अवसर सिर्जना गरेको छ। यस सिरिजका लागि नेपालले नयाँ नेतृत्व प्रयोग गरेको छ। दीपेन्द्र सिंह ऐरी लाई टी–२० टोलीको कप्तान बनाइएको छ भने नियमित कप्तान रोहितकुमार पौडेल लाई कार्यबोझ व्यवस्थापनका लागि विश्राम दिइएको छ। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्। यो सिरि...