विचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी संशोधन प्रस्तावसम्म छलफल हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । त्यसैगरी, बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत...
धापवासी क्षेत्रमा अतिक्रमित घरटहरा हटाइयो

धापवासी क्षेत्रमा अतिक्रमित घरटहरा हटाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– टोखा नगरपालिका–७ अन्तर्गत धापवासी–ग्रीनल्याण्ड आसपास क्षेत्रमा बनाइएका अतिक्रमित घर–टहरा हटाइएको छ । नगरपालिकाले पूर्वसूचना अटेर गर्ने संरचनामाथि डोजर चलाएर हटाउने अभियान सुरु गरेको हो । नगरपालिकाले यसअघि १५ दिने सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध संरचना स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । तर अटेरी गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी घर–टहरा, कम्पाउन्ड तथा अस्थायी संरचना हटाएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि धापवासी क्षेत्रमा सडक छेउ र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको हो । उनले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त कदम चालिएको स्पष्ट पार्दै कानुनी व्यवस्था पालना गर्न र सार्वजनिक जग्गा अतिक्रमण नगर्न सबैलाई आग्रह गरेका छन् ।...
बेमौसमी वर्षाले चितवनमा घट्यो मह उत्पादन

बेमौसमी वर्षाले चितवनमा घट्यो मह उत्पादन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
चितवन– यस वर्ष चितवनमा मह उत्पादनमा उल्लेखनीय कमी आएको छ। गत वर्षको तुलनामा यस पटक करिब १६ दशमलव ६६ प्रतिशतले उत्पादन घटेको मौरीपालन विकास केन्द्रले जनाएको छ। मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार गत वर्ष जिल्लामा ५४० मेट्रिक टन मह उत्पादन भएकोमा यस वर्ष घटेर ४५० मेट्रिक टनमा सीमित भएको छ। जिल्लामा हाल १७ हजार ५०० घार मेलीफेरा मौरी पालन भइरहेको छ। तर बेमौसमी वर्षाका कारण तोरी र चिउरी फूलमा असर पर्दा मह उत्पादन घटेको बताइएको छ। किसानहरूले अघिल्ला वर्षहरूमा तोरीबाट तीन पटकसम्म मह काट्ने गरे पनि यस वर्ष बढीमा दुई पटक मात्रै मह निकाल्न सकेका छन्। यस्तै चिउरीबाट पाँच पटकसम्म मह संकलन हुने गरेकामा यस पटक तीन पटक मात्र मह काटिएको जनाइएको छ। घारको सङ्ख्या बढ्दै गए पनि उत्पादन भने घट्दै गएको केन्द्रको भनाइ छ। केन्द्रका अनुसार गत वर्ष ७० प्रतिशत मौरीपालक किसानले वर्...
प्रधानन्यायाधीश नियुक्ति विवादपछि न्यायालयभित्र बढ्यो तनाव

प्रधानन्यायाधीश नियुक्ति विवादपछि न्यायालयभित्र बढ्यो तनाव

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर न्यायालयभित्रको विवाद थप चर्किएको देखिएको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पछिल्ला दिनमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विभिन्न गतिविधिमा सक्रिय बनेपछि न्यायालयभित्र तनावको अवस्था सिर्जना भएको चर्चा भइरहेको छ। प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा को नियुक्ति प्रक्रिया रोक्न माग गरिएको निवेदन दर्ता गर्न उनले सर्वोच्च प्रशासनलाई आदेश दिएको विषयले समेत चर्चा पाएको छ। तर उक्त आदेश कार्यान्वयनमा नआएपछि त्यसले कानुनी र प्रशासनिक दुवै वृत्तमा प्रश्न उठाएको बताइन्छ। यसअघि कानुन दिवसको कार्यक्रममा पनि न्यायाधीश मल्लले सार्वजनिक रूपमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। न्यायालयभित्रैबाट नियुक्ति प्रक्रिया रोक्ने प्रयास भएको चर्चा भए पनि संवैधानिक परिषद्को सिफारिस र राजनीतिक सहमतिका आधारमा ...
कृषि क्षेत्रमा बजेट बढ्यो, उत्पादन र खेतीयोग्य जमिन घट्दो

कृषि क्षेत्रमा बजेट बढ्यो, उत्पादन र खेतीयोग्य जमिन घट्दो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, फोटो फिचर, बागमती, विचार, समाचार
काठमाडौं– पछिल्ला १० वर्षमा कृषि क्षेत्रमा सरकारी लगानी निरन्तर बढ्दै गए पनि उत्पादन र खेतीयोग्य जमिनमा अपेक्षित सुधार देखिएको छैन। बजेट वृद्धि भए पनि परम्परागत खाद्यान्नबालीको उत्पादन घट्दै जानु र आयातमा निर्भरता बढ्नुले कृषि क्षेत्र संकटतर्फ उन्मुख भएको देखिएको छ। सरकारले आर्थिक वर्ष २०७०/७१ देखि २०८१/८२ सम्म कृषि क्षेत्रमा औसत १० दशमलव ७ प्रतिशतका दरले बजेट बढाएको छ। २०७०/७१ मा २१ अर्ब ४० करोड रुपैयाँ रहेको कृषि बजेट २०८१/८२ मा बढेर ५९ अर्ब रुपैयाँ पुगेको थियो। साविक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७०/७१ मा धान उत्पादन ५० लाख ४७ हजार मेट्रिकटन रहेको थियो। त्यस्तै मकै २२ लाख ८३ हजार, गहुँ १८ लाख ८३ हजार, कोदो तीन लाख चार हजार र फापर एक लाख ३३५ मेट्रिकटन उत्पादन भएको थियो। पछिल्ला वर्षमा गहुँबाहेक अधिकांश खाद्यान्नबालीमा आयात बढेको छ। भन्सार वि...
विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि सर्वोच्चमा

विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि सर्वोच्चमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । विश्वविद्यालय तथा क्याम्पस परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पनि सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेविसंघका केन्द्रीय कार्यालय मुख्य सचिव विजय खड्का र कानून विभाग प्रमुख हृदयराज मिश्रले संयुक्त रूपमा दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा मन्त्रिपरिषद्को २०८२ वैशाख १३ गते पारित “शासकीय सुधारका १०० कार्ययोजना” अन्तर्गत विश्वविद्यालय र क्याम्पसबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय संविधानविपरीत रहेको जिकिर गरिएको छ । साथै शिक्षा मन्त्रालय र विश्वविद्यालय समन्वय समितिबाट जारी निर्देशनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने उद्देश्य राखेको आरोप पन...
दुर्गम बस्तीमा डिजिटल पहुँच विस्तार गर्दै नेपाल टेलिकम

दुर्गम बस्तीमा डिजिटल पहुँच विस्तार गर्दै नेपाल टेलिकम

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा विकट हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्र बनाएको छ। भौगोलिक रूपमा कठिन र कम जनसङ्ख्या भएका क्षेत्रमा समेत हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर फोरजी तथा मोबाइल सेवा विस्तार भइरहेको टेलिकमले जनाएको छ। सरकारको डिजिटल विभेद न्यूनीकरण गर्ने नीतिअनुसार टेलिकमले व्यावसायिक लाभभन्दा नागरिकको पहुँचलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको हो। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ। नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीका अनुसा...
कास्की ट्राफिकबाट एक महिनामा ४४ लाखभन्दा बढी राजस्व सङ्कलन

कास्की ट्राफिकबाट एक महिनामा ४४ लाखभन्दा बढी राजस्व सङ्कलन

Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाख महिनामा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा पाँच हजार २६३ जना सवारी चालक कारबाहीमा परेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधन र चालकलाई नियमित रूपमा कारबाही गर्दै राजस्व सङ्कलन गरिएको हो । वैशाख महिनामा कास्कीमा २२ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ । ती दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कार्यालयका अनुसार तीमध्ये १२ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । यस्तै, चालक अनुमति पत्र बिना सवारी चलाएका पाँच जना र मादक पदार्थ सेवन गरी सवारी चलाएका तीन जना चालक दुर्घटनामा संलग्न भएका थिए । प्रहरी निरीक्षक देवकोटाले मादक पदार...
जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु

जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ सेवन गर्दा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्। उनीहरू एउटै परिवारका सदस्य भएको जनाइएको छ। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको जेठ १ गते घरमै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। गत वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सदस्य बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। विद्यालयका अनुसार नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए। मृतक बालबाल...
खेतीको मुख्य समयमा मल–बीउ अभाव, किसान निराश : सांसद लामिछाने

खेतीको मुख्य समयमा मल–बीउ अभाव, किसान निराश : सांसद लामिछाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सांसद अचुतम लामिछानेले खेतीपातीको मुख्य समयमा किसानहरूले मल, बीउ–बिजन तथा कृषि औजारको अभाव झेल्नुपरेको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आवश्यक कृषि सामग्री समयमै उपलब्ध नहुँदा उत्पादनमा गिरावट आउने खतरा बढेको बताए । उनले कृषि क्षेत्रप्रति राज्य गम्भीर नबन्दा किसानहरू निराश बन्दै गएको उल्लेख गरे । उनले भने, “खेती गर्ने महत्वपूर्ण समयमा किसानले मल, बीउ–बिजन र आवश्यक कृषि औजारसमेत सहज रूपमा पाउन सकेका छैनन् । समयमै मल नपाउँदा उत्पादन घट्ने जोखिम बढेको छ । यसले कृषि पेशा नै संकटतर्फ धकेलिरहेको छ ।” सांसद लामिछानेले किसानले आफ्नै खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउनसमेत अनेक कठिनाइ भोग्नुपरेको बताए । उनले किसानको श्रम, योगदान र उत्पादनको उचित सम्मान गर्दै कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।...