कच्चा पदार्थ अभावले हेटौंडा सिमेन्ट उद्योग बन्द, कर्मचारी १० महिनादेखि तलबविहीन
हेटौंडा सिमेन्ट उद्योग पुनः कच्चा पदार्थ अभावका कारण उत्पादन रोक्न बाध्य भएको छ। लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको उद्योगले पछिल्लो पटक क्लिङ्कर उत्पादन गरे पनि आवश्यक कोइला, ढुङ्गालगायत कच्चा पदार्थ उपलब्ध नहुँदा पूर्ण रूपमा बन्द भएको हो।
उद्योग प्रशासनका अनुसार कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि ढुवानीका लागि आवश्यक रकम अभाव देखाउँदै ठेकेदारले आपूर्ति गर्न नसकेपछि उत्पादन प्रक्रिया रोकिएको हो। उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार हाल उद्योगमा रहेका सामग्रीबाट करिब ५ हजार टन क्लिङ्कर उत्पादन भइसकेको छ भने अहिले सिमेन्ट प्याकेजिङको काम मात्र भइरहेको छ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योग प्रायः बन्द अवस्थामा रहने गरेको छ। यससँगै क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा देखिएको प्राविधिक समस्या मर्मतको क्रममा रहेको पनि जनाइएको छ।
कर्मचारीको अवस...















