बुढानीलकण्ठ–१३ मा आगलागी, २४ परिवार विस्थापित
बुढानीलकण्ठ–१३ मा आगलागी, २४ परिवार विस्थापित
काठमाडौं, २१ माघ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीखेल नयाँबस्तीमा मंगलबार राति आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन्। आगलागीबाट २४ कोठा बराबरका टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
मंगलबार राति करिब पौने ११ बजे सुरु भएको आगो सवा १ बजे काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाका दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो। आगलागी भएको स्थानबाट सात जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार उक्त टहरामा विभिन्न जिल्लाबाट आएका नागरिकहरू भाडामा बस्दै आएका थिए। आगलागीपछि सबै २४ परिवार घरबारविहीन बनेका छन्।
विस्थापित परिवारहरूलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको छ। साथै, आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको...















