टोखा–८ द्वारा सञ्चालित तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
काठमाडौं । टोखा नगरपालिका–८ को आयोजनामा सञ्चालन गरिएको तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकामा खेलप्रति रुचि विकास गर्ने, अनुशासन, आत्मविश्वास तथा शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम शनिबार एक विशेष समारोहका बीच समापन गरिएको हो।
समापन कार्यक्रममा वडा अध्यक्ष रमेश खत्री, वडा सचिव दिनेश सापकोटा, वडा सदस्य मिठु नेपाली, वडा सदस्य कमला, फुटबल प्रशिक्षक गोविन्दप्रसाद रिमाललगायत स्थानीय अभिभावक, खेलप्रेमी तथा प्रशिक्षणमा सहभागी भएका दर्जनौं बाल खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा तीन महिनासम्म नियमित रूपमा प्रशिक्षणमा सहभागी भएका बाल खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी बालबालिकाले प्रशिक्षण अवधिभर सिकेका सीप, खेलकुदप्रतिको लगाव तथा अनुशासनको प्रदर्शन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण...















