सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण
रामजी यादव, वीरगंज, ३ फागुन।
सबैया साझेदारी वन उपभोक्ता समूहअन्तर्गत खुल्ला तथा मधेसी तर्फका सदस्यहरूको निर्वाचन आज सम्पन्न भएको छ। उक्त निर्वाचनमार्फत खुल्ला तर्फ सात जना र मधेसी तर्फ एक जना सदस्य चयन भएका हुन्।
निर्वाचन परिणामअनुसार खुल्ला तर्फ सदस्यमा जगत नारायण यादवले ८१ मत, भैयाराम प्रसादले ७२ मत, रामअयोध्या राउत अहिरले ६३ मत, श्रवण साहले ४९ मत, राजिव कुमार सोनारले ४९ मत, सुरेश कुमारले ४१ मत तथा सुरज कुमार कुर्मीले ४१ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, मधेसी तर्फ मणिभूषण तिवारीले १२६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभयो।
खुल्ला सदस्यतर्फ सात पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो भने मधेसी सदस्यतर्फ एक पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो। यसअघि दलित, आदिवासी जनजाति तथा महिला तर्फका सदस्यहरू सहमतिमा गोला प्रथाबाट चयन गरिएका ...















