चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जङ्गल सफारी बन्द, वर्षायामपछि मात्रै पुनः सञ्चालन हुने
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। वर्षायाममा भलबाढी, कच्ची वनमार्ग बिग्रिने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सफारी सेवा स्थगित गरिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना जारी नभएसम्म जङ्गल सफारी सञ्चालन नहुनेछ। उनका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि उपयुक्त समय भएकाले उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यले पनि सफारी बन्द गरिएको हो।
निकुञ्जले प्रत्येक वर्ष वर्षायाममा जङ्गल सफारी सेवा बन्द गर्दै आएको छ। मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपासबाट पुनः सफारी सञ्चालन गर्ने परम्परा रहेको छ।
यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जिप सफारी भने यथा...















