International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, मनोरञ्जन, समाचार
काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका छन्।
विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै समाज, संस्कृति, सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको मूल्याङ्कन गर्दै भट्टराईलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
विशेषगरी नेपालका विभिन्न स्थानमा रहेका मठ–मन्दिर, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निःस्वार्थ रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्दै प्रचार–प्रसारमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको बताइएको छ।
सम्मान ग्रहण गर्दै भट्टराईले यो अवार्ड आफ्ना लागि व्यक्तिगत उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर सञ्चार क्षेत्रमा काम गर्ने प्रेरणा र हौसला भएको बताए। उनले सनातन धर्म, संस्कृति, धार्मिक सम्पदा तथा स...















