काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् ।
उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ ।
गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’
झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल ९केएमसी० लगिएको थियो ।
त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।
‘यो घटनालाई...
धादिङ। धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्...
काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।...
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् ।
उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् ।
जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...
काठमाडौं । काठमाडौंको ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको छ । उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको मृत्यु भएको भन्नेबारे थप अनुसन्धान भइरहेको काठमाडौं परिसरकी प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।...
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
...
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।
आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ।
सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो।
दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।
ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ, एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।...
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो ।
महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो ।
कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...