दक्षिण–पूर्वी एसियाबाट ६१२ नेपालीको उद्दार, पश्चिमी एसियामा सुरक्षा चासो कायमै
काठमाडौं : परराष्ट्र मन्त्रालय ले पश्चिमी एसियामा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार अत्यन्त संवेदनशील रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट अनुगमन गरिरहेको र नेपालीहरूको सुरक्षाका लागि आवश्यक पहल जारी रहेको जानकारी दिए। उनका अनुसार पश्चिमी एसियामा ठूलो संख्यामा रहेका नेपालीहरूको संरक्षणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको छ।
तेहरानमा रहेका १० नेपालीमध्ये २ जना स्वदेश फर्किने तयारीमा रहेको र बाँकी ८ जनाले तत्काल फर्कन इच्छा नदेखाएको उनले बताए। द्वन्द्व सुरु हुनु अघि इरान मा पक्राउ परेका अमृत झा संलग्न पानीजहाज मुद्दामा स्थानीय अदालतबाट एक चरणको फैसला भइसकेको छ, जसअनुसार ४ जना रिहा भइसकेका छन् भने झासहित अन्यको रिहाइ प्रक्रिया अघि बढिरहेको जन...















