रविले सहकारी ठगेको प्रमाण खोज्नेहरूलाई गगनको यस्तो जवाफ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न छन् वा छैनन् भन्ने विषयमा करिब दुई वर्षअघि प्रतिनिधिसभामा तीव्र विवाद भएको थियो। नेपाली कांग्रेस लगायतका दलले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका थिए भने तत्कालीन एमाले र माओवादी लगायतका दलले संलग्नता नरहेको दाबी गरेका थिए।
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै लामो समयसम्म संसद अवरोधसमेत गरेको थियो। अन्ततः एमाले नेता सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन भई प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारले रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणबाट सुरु भएको अनुसन्धान पाँच जिल्लासम्म फैलिएको छ। ती जिल्लाका अदालतहरूले लामिछानेलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गर्दै धरौटी माग गरेका थिए। धरौटी बुझाएर रिहा भएका लामिछानेलाई सुप्र...















