पुरानो बानेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ६३० जनाले पाए सेवा
काठमाडौं । Kathmandu Medical College (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट ६३० जना स्थानीय लाभान्वित भएका छन्।
नेपाली कांग्रेसका नेता Sunil Kumar Sharma सँग सम्बद्ध केएमसीको प्राविधिक सहयोगमा Rotary Club of Baneshwor र पुरानो बानेश्वर टोलबासी संस्थाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शिविरमा ६३० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १०३ जनाको भिडियो एक्स–रे, ७७ जनाको ईसीजी तथा १३० जनाको प्रयोगशाला परीक्षण गरिएको छ।
यसैगरी, ५ जनाको दाँत निकालिएको र २४ जनालाई थप उपचारका लागि केएमसीमै रेफर गरिएको जानकारी दिइएको छ।
डा. शर्माको नेतृत्वपछि केएमसीले सेवा–सुविधा विस्तारसँगै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकता दिँदै देशका विभिन्न स्थ...















