इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना
काठमाडौँ । प्रारम्भिक बाल विकास (इसिडी) तहका पाठ्यपुस्तकमा व्यापक मूल्य मनोमानी भएको भन्दै सरोकारवालाले सरकारी निकायको कमजोर अनुगमनप्रति प्रश्न उठाएका छन् । पाठ्यक्रम विकास केन्द्र र शिक्षा सम्बन्धी नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा बजारमा खुलेआम कालोबजारी बढेको आरोप लगाइएको छ ।
रिपोर्ट अनुसार इसिडी र अतिरिक्त पाठ्यपुस्तकहरूमा स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री भइरहेको पाइएको छ । कतिपय प्रकाशकले स्वीकृति बिना नै पुस्तक प्रकाशन तथा वितरण गरिरहेको देखिएको छ ।
नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि अनावश्यक र महँगो पुस्तकहरू बिक्री भइरहेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका छन् । केही प्रकाशन गृहहरूले मापदण्डभन्दा दोब्बरभन्दा बढी मूल्य कायम गरेको भेटिएको छ ।
उदाहरणका रूपमा निमा पुस्तक प्रकाशनले कक्षा ७ को २६२ पेजको पुस्तक ४८० रुपैयाँमा बिक्री गर...















