प्रदेश समाचार

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, कारण खुलाइएन

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, कारण खुलाइएन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। पार्टीले सबै केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ। तर बैठक किन बोलाइएको हो भन्ने विषयमा हालसम्म पार्टी नेताहरूले कुनै औपचारिक जानकारी दिएका छैनन्। यसअघि आइतबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्ने तयारी गरिएको छ। त्यसपछि हुने केन्द्रीय समिति बैठकलाई पार्टीभित्रको आगामी रणनीति तथा संगठनात्मक निर्णयसँग जोडेर हेरिएको छ।...
प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक : निगमको स्पष्टीकरण

प्रशोधित इन्धन महँगो हुनु स्वाभाविक : निगमको स्पष्टीकरण

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं — नेपाल आयल निगम ले कच्चा तेल (क्रुड आयल) भन्दा नेपालमा इन्धन महँगो भएको भन्ने विश्लेषण भ्रामक रहेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यकै आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण हुँदै आएको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए। “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित इन्धनकै मूल्य हेर्नुपर्छ,” उनले भने। नेपालले इन्डियन आयल कर्पोरेसन बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। सोही कम्पनीबाट प्राप्त मूल्यसूचीका आधारमा प्रत्येक १५ दिनमा नेपालमा इन्धनको मूल्य समायोजन हुने व्यवस्था छ। निगमका अनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पे...
गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोड आएको छ। सर्वोच्च अदालतको अन्तिम फैसलापछि कोइराला पक्षका शीर्ष नेताहरूले शेरबहादुर देउवा समूह छोड्दै एकताको पक्षमा अघि बढ्ने निर्णय गरेका छन्। डा. शेखर कोइराला, डा. शशांक कोइराला र धनराज गुरूङ सहितका नेताहरूले आइतबार बिहान विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै भेला गर्दै गगन थापा लाई सभापतिका रूपमा स्वीकार्दै एकतामा जाने निर्णय गरेका हुन्। यसअघि धुम्बाराहीस्थित देउवा समूहको बैठकमा अनुपस्थित रहँदै उनीहरूले आफ्नो अलग धार स्पष्ट गरेका थिए। भेलामा कोइराला पक्षका अन्य केन्द्रीय सदस्य र सांसदहरू समेत सहभागी रहेको जनाइएको छ। नेता गुरूङका अनुसार सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र थप विभाजन नभई एकता कायम गर्नुपर्नेमा सहमति जुटेको हो। “हामी पार्टी फुटको पक्षमा छैनौँ, कांग्रेसलाई एकताबद्ध बन...
आजदेखि देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाविरुद्धको औषधि वितरण

आजदेखि देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाविरुद्धको औषधि वितरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, स्वस्थ्य
काठमाडौँ – सरकारले आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाविरुद्धको औषधि वितरण सुरु गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म यो अभियान सञ्चालन गरिरहेको हो। स्वास्थ्य सेवा विभागका अनुसार छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि प्रदान गरिँदैछ। अभियानलाई प्रभावकारी बनाउन देशभरका स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको विभागले जनाएको छ। भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्त...
ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने

ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती
काठमाडौं — नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। बढ्दो ढुवानी खर्च र कच्चा पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण उद्योग सञ्चालन महँगो बनेपछि यस्तो निर्णय गरिएको महासंघले जनाएको हो। महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जार क्यापलगायत सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्चसमेत उल्लेखनीय रूपमा बढाएको छ। महासंघले सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउँदै आएको यस उद्योगले राजस्व संकलन, रोजगारी सिर्जना र बजार आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ। तर पछिल्लो समय लागत अत्यधिक बढेपछि पुरानै मूल्यमा पानी बिक्री गरी उद्योग सञ्चालन सम्भव नभएको निष्कर्ष निकालिएको छ। विज...
**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि**  जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि** जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि...
काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने सोही उत्पादनको ६० देखि ८० रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। यसले उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा गम्भीर असन्तुलन देखिएको छ। त्यस्तै, ग्यास अभावको समस्या पनि बढ्दै गएको छ। उपभोक्ताहरूले सिलिन्डर साट्न ५०० देखि १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु परेको गुनासो गरेका छन्। आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ता थप समस्यामा परेका हुन्। यातायात क्षेत्रमा पनि सरकारले तोकेको भाडादरभन्दा बढी असुली भइरहेको भन्दै असन्तुष्टि बढेको छ। अनौपचारिक रूपमा अतिरिक्त शुल्क लिने प्रवृत्तिले सर्वसाधारण यात्रु प्रत्यक्ष प्रभावित भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र...
सीमापार तस्करी नियन्त्रणमा कडाइ गर्न सरकार–सांसद सहमति

सीमापार तस्करी नियन्त्रणमा कडाइ गर्न सरकार–सांसद सहमति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, शिक्षा, समाचार, सुरक्षा
काठमाडौं । काठमाडौँमा शुक्रबार गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार अपराध तथा तस्करी नियन्त्रणका उपायबारे महत्वपूर्ण छलफल भएको छ। बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी नीति तथा कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले विशेषगरी भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन, सीमा निगरानी सुदृढीकरण तथा कृषि सामग्रीको आयात–निर्यात प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्। यसैगरी सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुमा सीमित भन्सार छुट दिने स्पष्ट मापदण्ड निर्माण गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो। सांसदहरूले यस्तो व्यवस्थाले स्थानीय जनजीवन सहज बनाउने र अवैध तस्करीलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्। छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू तत्काल...
प्रधानमन्त्री बालेन्द्र शाह लाई अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चको अनुमति

प्रधानमन्त्री बालेन्द्र शाह लाई अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चको अनुमति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस (प्रतिनिधि) राख्न अनुमति दिएको छ । न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापा को इजलासले तारेख धान्नका लागि वारेस नियुक्त गर्न पाउने सुविधा प्रदान गरेको हो । यससँगै अब मुद्दाको तारेखका लागि प्रधानमन्त्री शाह स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको छ । उक्त मुद्दा तीन वर्षअघि, शाह काठमाडौँ महानगरपालिकाका मेयर रहँदा उत्पन्न भएको हो । उच्च अदालत पाटन ले हिन्दी चलचित्र प्रदर्शन रोक्न नपाइने आदेश दिएपछि सो आदेशविरुद्ध सामाजिक सञ्जालमार्फत टिप्पणी गरेपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो । अधिवक्ता वर्षा झा ले उक्त टिप्पणीलाई अदालतको आदेशको अवज्ञा ठहर गर्दै मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चको पछिल्लो आदेशसँगै अब मुद्दा प्रक्रियामा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिबिनै का...
२५ दिनको अनुसन्धान समय किन अपुग? गृहमन्त्री सुदन गुरुङको असन्तुष्टि

२५ दिनको अनुसन्धान समय किन अपुग? गृहमन्त्री सुदन गुरुङको असन्तुष्टि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — गृहमन्त्री सुदन गुरुङ ले पक्राउपछि हुने अनुसन्धानका लागि कानुनले दिएको २५ दिनको समयसीमा अपुग भएको बताएका छन्। गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सँग सम्बन्धित अनुसन्धान सन्दर्भ उल्लेख गर्दै गुरुङले समयसीमाको व्यावहारिक कठिनाइ औंल्याए। उनका अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्दा २५ दिनभित्रै सबै प्रक्रिया पूरा गरेर मुद्दा दर्ता गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। तर, आवश्यक कागजी प्रक्रिया, पत्राचार र प्रमाण संकलनमै धेरै समय खर्च हुने भएकाले उक्त अवधि पर्याप्त नहुने उनको भनाइ छ। “केही कागजी प्रक्रिया र पत्राचारमै २५ दिन बित्छ, त्यसैले अनुसन्धान पूरा गर्न समय अपुग हुन्छ,” उनले भने। गुरुङको भनाइअनुसार ज्यानसम्बन्धी गम्भीर मुद्दामा गहिरो अनुसन्धान आवश्...