‘लु’ को जोखिम बढ्दै, तराईमा तापक्रम उच्च: सावधानी अपनाउन विज्ञको आग्रह
काठमाडौँ । देशका अधिकांश भूभागमा तापक्रम तीव्र रूपमा बढ्दै गएको छ। विशेषगरी तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कपिलवस्तुमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस पुगेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका र खोँच क्षेत्रहरूमा अत्यधिक गर्मी महसुस गरिएको छ।
मौसमविद्हरूका अनुसार बुधबारसम्म तराईका अधिकांश क्षेत्रमा ‘लु’ को अवस्था कायम रहने सम्भावना छ। लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र, नेपालगञ्ज र सुदूरपश्चिमका तराई जिल्लाहरूमा जोखिम अझ बढी रहेको उल्लेख गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समयमै सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चिसो वातावरण कायम गर्ने, पर्याप्त पानी पिउने, बालबालिका, वृद्धवृद्धा...















