दैलेखमा पेट्रोलियम उत्खननको तयारी तीव्र, दोस्रो चरणको सम्झौता गर्ने गृहकार्य
काठमाडौं, जेठ १६ – नेपालमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्खननको बाटो खोल्ने उद्देश्यसहित खानी तथा भूगर्भ विभागले दोस्रो चरणको सम्झौताका लागि तयारी थालेको छ। विभागले व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढाउन विभाग र चीनको जियोलोजिकल सर्भे संस्थाबीच थप सहकार्यका लागि आन्तरिक गृहकार्य सुरु गरेको जनाएको छ।
चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ। प्रारम्भिक अध्ययन र परीक्षणबाट उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना देखिएको विभागले जनाएको छ।
विभागका अनुसार व्यावसायिक उत्पादनको सम्भाव्यता अघि बढाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोगका लागि सरकारसँग समन्वय भइरहेको छ। हालसम्म सिस्मिक सर्भे, भूगर्भीय अध्ययन, म्याग्नेटो टेल्युरिक सर्भ...















