आजको विशेष

ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणना गरिने

ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणना गरिने

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
गलकोट (बागलुङ)। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँ चितुवाको गणना गरिने भएको छ। आरक्षको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यसको औपचारिक गणना गरिएको थिएन। हिउँ चितुवा गणनाका लागि आवश्यक जनशक्ति तयारी गर्न गणकहरूलाई तालिम दिने प्रक्रिया अघि बढाइएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए। उनका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिमप्राप्त गणक तथा स्थानीय बासिन्दाको सहभागिता रहनेछ। यसका लागि विभिन्न सिकार ब्लकहरूमा ५६ वटा स्वचालित क्यामेरा जडान गरिनेछ। करिब १० जना गणकले ४५ दिनसम्म क्यामेरा राख्ने, फोटो तथा भिडियो संकलन गर्ने र चितुवाको पदचाप तथा दिसा नमुना संकलन गर्ने योजना रहेको छ। क्यामेराले कैद गरेका तस्बिर र स्थलगत प्रमाणका आधारमा हिउँ चितुवाको वास्तविक सङ्ख्या निर्धारण गरिनेछ। साथै, आगामी वर्ष यहाँ पाइने नाउर र झारलको समेत गणना गरिने तया...
हर्क साम्पाङको सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा

हर्क साम्पाङको सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफ्नो नाममा चार–पाँच तोला सुन र करिब २–४ लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन्। उनले आफूले माग भएको भन्दै सम्पत्ति विवरणबारे प्रतिक्रिया दिएका हुन्। साम्पाङका अनुसार खोटाङ केपिलासगढी–२ चोखाने गाउँमा आमाको नाममा पैतृक सम्पत्ति रहेको छ, जसमा पाखोबारी, खरबारी, बाँसघारी र उतिसघारीसहित केही खेतबारी समावेश छन्। उनले उक्त सम्पत्ति बाउबाजेले कमाएको पैतृक सम्पत्ति भएको र अहिले आमाको नाममा रहेको बताएका छन्। उनले लेखेका छन्, “मेरो नाममा केही छैन। ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडिएको होला। बैंक ब्यालेन्स २–४ लाख होला। म सार्वजनिक गर्नेछु।” साम्पाङले आफ्नो नाममा ठूला चल–अचल सम्पत्ति नरहेको दाबी गर्दै केही दि...
इशान किशनको विस्फोटक ब्याटिङ, सनराइजर्स हैदराबादको शानदार जित

इशान किशनको विस्फोटक ब्याटिङ, सनराइजर्स हैदराबादको शानदार जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ। इन्डियन प्रिमियर लिग (IPL) २०२६ अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल खडा गरेको थियो। टोलीका कप्तान इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै मात्र ४४ बलमा ८ चौका र ६ छक्काको मद्दतले ९१ रनको विस्फोटक इनिङ खेले। त्यस्तै हेनरिक क्लासेनले ४० रन र नितीश कुमार रेड्डीले २८ रनको योगदान दिएपछि हैदराबादले बलियो लक्ष्य प्रस्तुत गरेको हो। राजस्थान रोयल्सका लागि जोफ्रा आर्चरले २ विकेट लिए। बलिङतर्फ हैदराबादका प्रफुल हिन्ज र साकिब हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारे। २१७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवा...
आज नयाँ वर्ष २०८३ : नयाँ आशा र नयाँ सुरुवात

आज नयाँ वर्ष २०८३ : नयाँ आशा र नयाँ सुरुवात

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं – आज विक्रम संवत् २०८३ सालको पहिलो दिन अर्थात् नेपाली नयाँ वर्ष हो। हरेक वर्ष वैशाख १ गते मनाइने यो दिन नेपालीहरूका लागि केवल मिति परिवर्तन मात्र नभई जीवनमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा भर्ने विशेष अवसरका रूपमा लिइन्छ। विक्रम संवत् पात्रोअनुसार प्रारम्भ हुने नयाँ वर्षले विगतका अनुभवलाई समेट्दै भविष्यतर्फ आशा, लक्ष्य र सङ्कल्पका नयाँ ढोका खोल्ने विश्वास गरिन्छ। संस्कृति र परम्पराको संगम नेपाल विविध जातजाति, भाषा र संस्कृतिले समृद्ध देश भएकाले नयाँ वर्ष मनाउने शैली पनि स्थानअनुसार फरक–फरक पाइन्छ। कतै मेला, जात्रा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ भने कतै पारिवारिक जमघट र खानपिनमार्फत खुशी साटासाट गरिन्छ। विशेषगरी भक्तपुरमा मनाइने बिस्का जात्रा र थिमीको सिन्दूर जात्रा जस्ता परम्परागत उत्सवहरूले नयाँ वर्षलाई अझ उल्लासमय बनाउने गर्दछन्। परिवार र सम्बन्धको पु...
भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु, बिस्केट जात्रा औपचारिक रूपमा प्रारम्भ

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु, बिस्केट जात्रा औपचारिक रूपमा प्रारम्भ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु भएको छ। आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमाले टोलमा विधिपूर्वक पूजा गरी हात नभएको लिङ्गो उठाइएको छ। हरेक वर्ष चैत मसान्तमा उठाइने उक्त लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ। कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगिन्छ र साँझ नाग–नागिनीको प्रतीक मानिने ५५ हात लामो लिङ्गो उठाइन्छ। मध्यपुरथिमि–८ बोडे स्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ। यससँगै थिमि क्षेत्रमा जात्रा तथा पर्वहरू औपचारिक रूपमा सुरु हुने परम्परा रहेको छ। स्थानीयका अनुसार महालक्ष्मी मन्दिरअगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्राको साइत मानिन्छ। यस वर्ष २८ वर्षीय सुजन वाङ श्रेष्ठले व्रत सुरु गरेका छन् र वैशाख २ गते जिब्रो छेड्ने कार्य...
आशा भोसलेको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोराको अपिल

आशा भोसलेको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोराको अपिल

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
भारतीय प्रख्यात गायिका आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। मुम्बईको शिवाजी पार्कमा उनको अन्त्येष्टि पूर्ण राजकीय सम्मानसहित गरिनेछ। आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको थियो। आशा भोसलेका छोरा आनन्द भोसलेले जानकारी दिँदै भनेका छन्, “अप्रिल १२ मा बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म ‘कासा ग्रान्डे’ भवनमा आएर आमालाई अन्तिम श्रद्धाञ्जली दिन सकिन्छ।” उनका अनुसार अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ। अत्यधिक भीड हुन सक्ने भएकाले भीडभाड नगर्न उनले आग्रह गरेका छन्। आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। आइतबार उपचारका क्रममा उनको निधन भएको हो।...
सनकट्टी घाट पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै

सनकट्टी घाट पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। पुल निर्माण सम्पन्न भएसँगै कैलाली–बर्दिया आवतजावत सहज हुने अपेक्षा गरिएको छ। निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीका अनुसार विक्रम संवत् २०८३ असोज १७ गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयअगावै काम सक्ने लक्ष्यसहित निर्माण भइरहेको छ। “२०७९ पुसमा सम्झौता भई २०८० मा निर्माण सुरु गरिएको हो,” उनले भने, “असोजसम्मको म्याद भए पनि असारभित्रै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।” चौध वटा पिलर रहेको पुलका सबै पिलर निर्माण भइसकेका छन् भने हाल १२औँ स्पानको काम भइरहेको छ। आगामी १५ दिनभित्र उक्त काम सकी १३औँ स्पानको काम सुरु गर्ने तयारी छ। कैलालीतर्फ तटबन्ध निर्माण पनि सँगसँगै भइरहेको छ। पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीले आंशिक रूपमा पुल र आंशिक रूपमा न...
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक: कसको कति सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक: कसको कति सम्पत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणले मन्त्रीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात, सेयर, ऋण तथा आयस्रोतबारे विस्तृत जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह काठमाडौं–९ मा आमाको नाममा ५ आना र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ। बुवाको नाममा महोत्तरीमा ९ विघा जग्गा छ। श्रीमतीसँग संयुक्त रूपमा १९० तोला सुन रहेको जनाइएको छ। बैंक खातामा १ करोड ४६ लाख मौज्दात रहेको र आयस्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरिएको छ। सामाजिक सञ्जालका फलोअर्स संख्या पनि विवरणमा समावेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ललितपुर, काभ्रे, तनहुँलगायत जिल्लामा घर तथा अपार्टमेन्ट छन्। विभिन्न बैंकमा करिब १ करोड ९० लाख मौज्दात रहेको छ। ४५ तोला सुन तथ...
सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता

सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, स्वस्थ्य
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालमा छिट्टै डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्। आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी तथा आफन्तहरूको गुनासो सुन्दै उनले उपचारका लागि आउने सेवाग्राहीले अब डिजिटल रूपमा नै रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताइन्। अस्पतालमा परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको गुनासो बिरामीहरूले गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट वितरणमा ढिलाइ भएको जनाएको छ। मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अब अस्पताल धाउन नपर्ने गरी छिट्टै डिजिटल प्रणाली लागू गरिने उल्लेख गरिन्। साथै उनले अस्पतालमा उपचारका क्रममा बिरामीलाई बाहिरबाट औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्न पनि अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन्। अनुगमनप...
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गृहमन्त्री सुदन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ। भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्। नवलपुरका सांसद राजन गौतमसहितको टोलीले यस सम्बन्धमा गृहमन्त्रीसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ। स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू प्रभावित भएका छन् र सोही पानी सेवनका कारण कैयौँ जनावरहरू मृत भेटिएका छन्। दूषित पानीको समस्याबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको अवलोकन समेत गरेका छन्।...