अमेरिकामा दर्दनाक गोलीकाण्ड : आठ बालबालिकासहित ९ जनाको मृत्यु, आरोपी पक्राउ
अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट सहरमा भएको भीषण गोलीकाण्डमा आठ बालबालिकासहित नौ जनाको ज्यान गएको छ। घटनालाई यस वर्ष अमेरिकामा भएका सबैभन्दा गम्भीर सामूहिक गोलीकाण्डमध्ये एक मानिएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ६ बजे वेस्ट ७९औँ स्ट्रिटको ३०० ब्लक क्षेत्रमा यो घटना भएको हो। प्रहरीले ३१ वर्षीय शमार एल्किन्सलाई घटनाको मुख्य आरोपीका रूपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार आक्रमण घरेलु विवादसँग सम्बन्धित देखिएको छ। प्रारम्भिक विवरणअनुसार सात बालबालिकालाई घरभित्रै गोली हानिएको थियो भने एक बालक भाग्ने क्रममा छततर्फ जाँदा गोली लागेर मृत्यु भएको हो। घटनामा असल्ट–स्टाइल हतियार प्रयोग भएको बताइएको छ।
मृतक बालबालिकाको उमेर तीनदेखि ११ वर्षसम्म रहेको छ। उनीहरू सबै एकै परिवारका तथा आफन्त समूहका सदस्य भएको प्रहरीले जनाएको छ।
घटनामा १३ वर्षीय एक बालक घाइते भएका छन्,...















